मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

ढोलबाजे :
खाँदबारीको ढोलबाजेमा ‘पारुहाङ सुम्निमा’ को मूर्ति स्थापना

Sankhuwasabhapress 628+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिकाको ढोलबाजेमा ‘पारुहाङ सुम्निमा’ को मूर्ति स्थापना गरिएको छ ।

खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले मंगलबार एक कार्यक्रम बीच किराँत संस्कृति अनुसार पारुहाङलाई रक्सी खुवाएर र सुम्निमालाई माला लगाई दिदैं रिवन काटेर मूर्तिको स्थापना गरेका हुन् । खाँदबारी नगरपालिकाको वडा नं. १ र ८ को सिमानामा रहेको ढोलबाजे डाँडामा रहेको रेवाहाङ पार्कमा मा ‘पारुहाङ सुम्निमा’ को मूर्ति स्थापना गरिएको हो । खाँदबारी नगरपालिकाले चालु आर्थिक बर्ष २०८१/८२ मा करिब साढे तीन लाख रुपैयाको खर्चेर ‘पारुहाङ सुम्निमा’ को मूर्ति स्थापना गर्न सहयोग गरेको हो । 

खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले किराँत राई समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको ठाउँमा मा ‘पारुहाङ सुम्निमा’ को मूर्ति स्थापना गर्दा किराँत समुदायको संस्कृति संरक्षण तथा जगेर्नामा टेवा पुग्ने भएकाले मूर्ति स्थापना गरिएको बताए । उनले नगरभित्र रहेका राई समुदाय मात्रै होइन अन्य शेर्पा, मगर, गुरुङ र खस आर्य लगायत सबै समुदायको आवश्यकताको आधारमा नगरले संस्कार संस्कृति, भवन निर्माणमा सहयोग गर्दै आएको बताए । 

आफ्नो पूर्खाले गर्दै आएको संंस्कार संस्कृति र धार्मिक क्रियाकलापहरु लोप हुनबाट जोगाउन हामी सबै लाग्नुपर्ने र धर्मले मानिसहरुलाई अनुशासित बनाउने मेयर थपलियाको भनाइ छ । 

राईहरुको साझा संस्था किराँत यायोख्या जिल्ला कार्यसमिति संखुवासभा अध्यक्ष केदार राईले खाँदबारी नगरपालिकालाई धन्यवाद दिदैं ढोलबाजे डाँडामा किराँत समुदायको पूर्खा रेवाहाङ राजाको दरवार रहेको बताए । उनले रेवाहाङ राजाको दरवार रहेको इतिहास छ । त्यही भएर राई किराँत समुदायले बर्सेनि ढोलबाजेमा उधौली र उभौली साकेला पर्व मनाउने गरेको बताउर्दै रेवाहाङ पार्क बनाएको बताए । 

ढोलबाजेको रेवाहाङ पार्कमा ‘पारुहाङ सुम्निमा’ को मूर्ति स्थापना भएपछि आन्तरिक पर्यटकीय केन्द्र बन्ने भएको छ । यसअघि पनि खाँदबारी नगरपालिकाले उक्त डाँडा वरिपरि करिब ४ किमि फुट ट्रेल बनाएको छ । खाँदबारी बजार र आसपासका मानिसहरु विहान बेलुकी फुट ट्रेल जाने गरेका छन् । फुट ट्रेलसँगै जंगलको बीच भागमा ‘पारुहाङ सुम्निमा’ को मूर्ति स्थापना भएपछि थप आकर्षण बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार