मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

फागुन ७ गते :
प्रजातन्त्र दिवसका अवसरमा संखवासभामा विभिन्न कार्यक्रमको आयोजना गरिने

Sankhuwasabhapress 607+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

संखुवासभा । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा संखुवासभामा विभिन्न कार्यक्रमहरु आयोजान गरिने भएको छ ।

प्रजातन्त्र दिवस मुलसमारोह समितिले विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको हो । खाँदबारीमा सोमबार बसेको सर्वपक्षिय बैठकले आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रमका साथ दिवस मनाउने निर्णय गरेको हो ।

उक्त दिनहरुमा जिल्लास्थित सम्पूर्ण राजनितिक दल, कार्यालय, संघसंस्था र प्रतिष्ठानहरुमा सरसफाई गर्ने र साँझ घर-घरमा दिपप्रज्वलन गर्न सबै जिल्लाबासीहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । फागुन ७ गते संखुवासभा जिल्ला समारोह समितिको संयोजन तथा संखुवासभा उद्योग बाणिज्य संघको सह–संयोजनमा खाँदबारी अस्पतालका बिरामीहरुलाई फलफुल बितरण त्यसपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ ।

साँझमा खाँदबारीको पोखरीपार्कमा सामुहिक दिपप्रज्वलनको कार्यक्रम राखिएको जिल्ला समन्वय समितिका उपप्रमुख बबिता खत्रीले जानकारी दिइन् । 

कार्यक्रममा राजनितिक दलको तर्फबाट नेपाली कांग्रेसका कार्यबाहक सभापति अनन्तकुमार गौलीले शुभकामना मन्तब्य दिर्दै नेपाली जनताहरुको ठूलो त्याग र बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै पक्षले दृढताका साथ आफुलाई सच्याउँदै जनताको पक्षमा काम गर्नूपर्ने बताए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्का, विभिन्न कार्यालय, राजनितिक दल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार