मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

पुरुष भलिबल :
मकालुमा आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबलको उपाधी षडानन्द नगरपालिकाले जित्यो

Sankhuwasabhapress 628+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा आयोजित अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी षडानन्द नगरपालिका भोजपुरले जितेको छ ।

आज बिहिबार भएको फाइनल खेल भोजपुरको षडानन्द नगरपालिकाले संखुवासभाको सभापोखरी गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि कव्जा गरेको हो । उपाधीको दावेदार बन्न षडानन्द नगरपालिका र सभापोखरी गाउँपालिका फाइनलमा पुगेका थिए ।  

सभापोखरी गाउँपालिका दोस्रो स्थानमा नै चित्त बुझाउन बाध्य भए । त्यसैगरि बिहिबार नै भएको तेस्रो स्थानको लागि सम्पन्न खेलमा खाँदबारी नगरपालिकालाई सोझो सेटमा हराउँदै आयोजक मकालु गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ भने खाँदबारीले सान्त्वना स्थानमा चित्त बुझाए । 

१६ गते देखि शुरु भएको प्रतियोगिताका विजेताले नगद १ लाख ६० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका गरे । भने उपविजेताले नगद ९४ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरि तेस्रो र सान्त्वना हुने मकालु र खाँदबारीले क्रमश : नगद पुरस्कार ४४ हजार र २२ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । 

उनीहरुलाई एक कार्यक्रममा प्रतिनिधीसभाका साँसद दिपक खडकाले पुरस्कार वितरण गरेका थिए। सोही कार्यक्रमको अवसरमा मकालु गाउँपालिका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेहरुलाई समेत ७३ संघसंस्था र ब्यक्तिहरुलाई सम्मान गरेका थिए । मकालु गाउँपालिकाको मुख्य प्रायोजनमा कार्यक्रममा स्थानीय द नर्थ बरुण युथ क्लबले आयोजना गरेको हो ।

कार्यक्रममा आज बिहिबार साँझ चर्चित गायिका मिलन नेवार लगायतको साँगितिक प्रस्तुती समेत रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार