मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#खाँदबारी युथ क्लब
खाँदबारी रन : चन्द्रमान, तिलक र सुनकला विजयी

Sankhuwasabhapress 628+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

संखुवासभा । ‘पर्यटन प्रवर्द्धन लागि खाँदबारी रन’ भन्ने नाराका साथ आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चन्द्रमान राई, तिलक राई र सुनकला राई आ–आफ्नो समूहतर्फ विजयी भए ।

विहिबार सम्पन्न प्रतियोगितामा नेपाली सेनाका चन्द्रमान राई विभागीय समूहबाट प्रथम भएका हुन् । यस समूहमा नेपाली सेनाकै नवराज बुढा र सुरेन्द्रकिरण राई क्रमशः द्वितीय र तृतीय भए । त्यसैगरी खुल्ला पुरुषतर्फ संखुवासभाका तिलक रार्ई प्रथम, पाँचथरका स्काई लिम्बु द्वितीय र पाँचथरकै विशाल राई तृतीय भए । महिलातर्फ भने संखुवासभाकी सुनकला राई प्रथम, भोजपुरकी विनिता राई द्वितीय र भोजपुरकै जुही राई तृतीय भइन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजारसहित शिल्ड र मेडल प्राप्त गरे । भेट्रान्सतर्फ प्रथम भएका संखुवासभाका ठाकुरमान राई पनि नगदसहित पुरस्कृत भए । अन्यले सहभागिताको प्रमाणपत्र पाए ।

खाँदबारी युथ क्लबले आयोजना गरको प्रतियोगितामा चार विधाका गरी २ सय ३७ जना सहभागी थिए । विभागीय समूहका प्रतिस्पर्धीलाई खाँदबारी–३ स्थित ठूलोढुंगा, खुल्ला महिला तथा पुरुषका लागि खाँदबारी–३ स्थित लहरेबर र भेट्रान्स तर्फका प्रतिस्पर्धीहरुलाई खाँदबारी–३, सुमनचोक सम्मको दुरी तय गरिएको थियो । दौड खाँदबारी–१, टुँडिखेलबाट सुरु भएको थियो ।

विजयीहरुलाई क्लबका कार्यबाहक अध्यक्ष मुनहाङ गुरुङ, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, नेपाली कांग्रेसका कार्यवाहक सभापति अनन्तकुमार गौली, नेकपा एमालेका जिल्ला अध्यक्ष खड्गबहादुर राई, निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, खाँदबारी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

यसै अवसरमा नगर उपप्रमुख बज्राचार्य र भोजपुरकी एथ्लेटिक्स खेलाडी छेन्बीमाया राईलाई पनि क्लबले सम्मान गरेको थियो । एथलेटिक्सकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वखेलाडी समेत रहेकी बज्राचार्यले प्रतियोगिता सञ्चालनका लागि उपप्रमुख कोषबाट ६६ हजार रुपैयाँ प्रदान गरेकी थिइन्।

खाँदबारी नगरपालिका वडा नम्बर १ को मुख्य प्रायोेजन तथा खाँदबारी नगरपालिका कार्यालय सहआयोजक रहेको प्रतियोगितालाई विभिन्न संघसंस्था र खेलप्रेमीहरुबाट सहयोग प्राप्त भएको क्लबका महासचिव सुरेन शाक्यले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार