मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

बालविकास आधारभूत विद्यालय
चैनपुर नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Sankhuwasabhapress 628+ समाचार ( )
३ माघ २०८१, बिहीबार

संखुवासभा । चैनपुर नगरपालिका स्तरीय आधारभूत तह हाजिरीजवाफ प्रतियोगितामा बालविकास आधारभूत विद्यालय विजयी भएको छ । 

चैनपुर नगरपालिका वडा नं. ७ मा रहेको बालविकास आधारभूत विद्यालय लामिचौरको ३५ औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवसको अवसरमा आयोजित प्रतियोगितामा वालविकास प्रथम भएको हो । प्रतियोगितामा चैनपुर नगरपालिका भित्रका २८ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सिंहेश्वरी आवि चैनपुर २, ताङलेवा द्धितिय, सरस्वती आवि चैनपुर ९ तृतीय र बालज्योति आवि सल्लेरी चैनपुर १० सान्त्वना भएको थियो । 

बिजेता विद्यालयहरुलाई क्रमशः प्रथम पुरस्कार ५ हजार ५ सय ५५ रुपैंया, द्धितिय पुरस्कार ३ हजार ३ सय ३३ रुपैंया, तृतीय २ हजार २ सय २२ रुपैंया र सान्त्वना पुरस्कार १ हजार १ सय ११ रुपैंया साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमकुमार लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा चैनपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नगेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । विशिष्ट अतिथिको रुपमा चैनपुर नगरपालिका शिक्षा शाखा प्राविधिक सहायक केशव पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालयलाई पुरस्कार स्वरूप तीन सय रुपैंयाका दरले समाजसेविद्वय सुजय पौडेल र भिम बहादुर कंडेलले प्रदान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार