मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#सभापोखरी
सभापोखरी गाउँपालिकाका अध्यक्ष माथी खुकुरी आक्रमणको प्रयास (विज्ञप्ती सहित)

Sankhuwasabhapress 628+ समाचार ( )
१० असार २०८१, आइतबार

संखुवासभा । पछिल्लो केहि दिनदेखि यता सभापोखरी गाउँपालिकाको एक घटना सामाजिक सञ्जालमा चर्चामा छ । एक महिलालाई दुब्यवहार गरेको भनिएको घटनालाई लिएर गाउँपालिका अध्यक्ष विवादमा तानिएका छन् । 

उक्त विषयलाई लिएर पालिका अध्यक्ष भिम बहादुर लिम्बुले विज्ञप्ती जारी गरि वास्तविक घटनाको जानकारी गराएका हुन् । सभापोखरी गाउँपालिका वडा नम्बर ६ को नयाँबस्तीमा विद्युत प्रसारणलाइन विस्तार हुँदै गरेको र तार जोड्ने क्रममा विवाद भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

स्थानीय टोल विकास संस्थाको समन्वयमा तार जोड्ने क्रममा शुरु भएको विवाद समाधानको लागि समन्वय गर्ने क्रममा स्थानीय सोमकुमारी राईले अध्यक्ष लिम्बुलाई खुकुरी प्रहार गर्न लागेपछि उक्त खुकुरी खोस्ने काम गरेको विज्ञप्तिमा भनिएको छ । राईले प्रहार गर्न प्रयोग गरेको ३ वटा खुकुरी मध्ये १ वटा खुकुरी बाह्रविसे प्रहरी चौकीमा रहेको र २ वटा आफैसँग रहेको अध्यक्ष लिम्बुले जानकारी दिएका छन् । 

उक्त घटना आफुले सामान्य रुपमा लिएपनि पछिल्लो समय अतिरञ्जित गरि राजनीतिकरण गरिएपछि आफुले विज्ञप्ति जारी गर्नु परेको अध्यक्ष लिम्बुको भनाइ छ । ति महिलाले आरोप लगाए जस्तो घटना नभएको र त्यहाँ वास्तविकता देख्ने ५०/६० जना स्थानीयहरु समेत रहेको अध्यक्ष लिम्बुको भनाइ छ । घटनाको पुरा भिडियो सार्वजनिक नगरि सुनियोजित ढंगले छोटो टुक्रा मात्र बनाएर भ्रम फैलाई चरित्र हत्या गर्न खोजिएको अध्यक्ष लिम्बुले बताएका छन् । 

यसरी नियोजित तरिकाले चरित्र हत्या गर्दै गए जनप्रतिनिधीहरुबाट विकासको अपेक्षा र सुरक्षाको बारेमा प्रश्न पनि गरेका छन् । यस्ता सुनियोजित घटनाबाट आफु विचलित नभई पालिकावासीको सेवामा कर्मनिष्ठ भएर लागिरहने समेत विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार