मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

के टु हिमाल आरोहण गर्ने संखुवासभाका ४ दाजुभाइ सम्मानित
हिमाल आरोहीको संरक्षण र सुरक्षाका लागि कानुन ल्याईन्छ : मन्त्री किराँती

Sankhuwasabhapress 628+ समाचार ( )
३१ श्रावण २०८०, बुधवार

संस्कृति, पर्यटन तथा नागरिक उडयान मन्त्री सुदन किराँतीले हिमाल आरोहीहरुको सुरक्षा र संरक्षणका लागि कानुनमै व्यवस्था गरिने बताउनुभएको छ ।

केटु हिमाल आरोहण गरेर फर्किएका संखुवासभाका एकै परिवारका चारजना कीर्तिमानी दाजुभाइलाई सम्मान गर्दे मंगलबार उहाँले सरकारले हिमाल आरोहीहरुको संरक्षणका लागि कानुनमै व्यवस्था गर्ने बताउनुभएको हो । 

शेर्पा र हिमाको सम्बन्ध नङ र मासुको भएको उल्लेख गर्दे नेपाललाई विश्वसामु चिनाउन शेर्पाहरुको भूमिकमा महत्वपूर्ण रहेको पनि बताउनुभयो । पर्यटन क्षेत्रमा सुधार ल्याउन पुरानो पर्यटन नीति र ऐन कानुन बाधक भएको भन्दै मन्त्री किराँतीले चाँडै समयसापेक्ष ऐन ल्याउने पनि बताउनुभयो । उहाँले संखुवासभाले हिमाल अरोहीको जिल्ला भनेर परिचय बनाएको भन्दै मन्त्री किराँतीले एकै घरका चारदाजुभाईको किर्तिमानले नेपालको शिर उच्च बनाएको बताउनुभयो । 

कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले पर्यटन क्षेत्रमा हिमाल अरोहणको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । पूर्वसांसद राजेन्द्र गौतमले आरोहिको संरक्षण र सुरक्षा हुन नसक्दा धेरै अरोहीहरु बिदेश पलायन हुन थालेको धारणा राख्नुभयो ।

कोशी प्रदेशका सांसद राजेन्द्र कार्कीले कोशी प्रदेशलाई पर्यटनको हबको रुपमा बिकास गरीने बताउनुभयो । प्रख्यात हिमाल आरोही तथा पर्यटनबिद मिङमा शेर्पाले आर्थिक क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रलाई सरकारले चिन्न नसकेको बताउनुभयो । 

कार्यक्रममा पाकिस्तानमा रहेको बिश्वकै दोस्रो अग्लो हिमाल आरोहण गरेर नयाँ विश्वकीर्तिमान कायम गर्ने मुक्त शेर्पा, आङदावा शेर्पा, निग्मा दोर्ची शेर्पा र पिच्यूम्बी शेर्पालाई पर्यटन मन्त्री किराँतीले सम्मानित गर्नुभएको थियो । कार्यक्रम संखुवासभा–काठमाडौ पत्रकार समाजले गरेको थियो ।

प्रतिक्रिया

Sangita Gurung ३१ श्रावण २०८०, बुधवार

राम्रो समाचार ।।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार