मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

किपा लामु शेर्पा :
हिमाल आरोही किपा लामु शेर्पा संखुवासभामा सम्मानित

Sankhuwasabhapress 607+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

संखुवासभा । करिब दुई महिनाको अवधीमा विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४९मी.) र विश्वको पाँचौ अग्लो मकालु हिमाल (८४८५मी.) सफल आरोहण गर्ने संखुवासभाको छोरी किपा लामु शेर्पा सम्मानित भएकी छन् ।

विहीबार सदरमुकाम खाँदबारीमा जिल्ला समन्वय समिति संखुवासभाले किपा लामु शेर्पालाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मानित गरेको हो । जिल्लाको मकालु गाउँपालिका वडा नं. २ मा जन्मिएकी किपा लामुले यहि बर्ष करिब दुई महिनाको अवधीमा दुई अग्लो हिमाल आरोहण गरेर कीर्तिमानी कायम गरेकी हुन् । वि.सं. २०५३ माघ १५ गते बुबा पासाङ दोर्ची शेर्पा र आमा पासाङ डोमा शेर्पाको कोखबाट जन्मिएकी २८ बर्षीय किपा लामु ३ जना छोराछोरीका आमा हुन् । उनले गत १० अप्रिल अर्थात चैत्र २८ गते १२ दिनमा विश्वको पाँचौ अग्लो मकालु हिमाल चढेकी थिइन भने २३ मे अर्थात जेठ ९ गते ४ दिनमा नै विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल चढेर गृह जिल्ला संखुवासभा फर्किएकी हुन् ।

कार्यक्रममा सम्मानित ब्यक्तित्व किपा लामुले हिमाल आरोहण गर्न त्यति सजिलो नभएको बताईन् । उनले हेर्दा जति सजिलो होला जस्तो लागेपनि ज्यानैको जोखिम मोलेर हिमाल चढन कठिन रहेको बताउदैं चुचुरोमा पुगेपछि सबै दुःखहरु बिर्सने गरेको बताइन् । 

हिमाल आरोही किपा लामुलाई सम्मान गर्दै जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले एउटी महिला त्यसमा पनि आमाले विश्वको अग्लो दुई वटा हिमाल चढेर कीर्तिमानी कायम गरेकाले सम्मान गरिएको बताए । उनले यस्ता साहसी महिलालाई राज्यले समेत हौसला, सम्मान गर्नुपर्ने बताउर्दै सबैको लागि उदाहरणीय महिला बनेको बताइन् ।

कार्यक्रममा राजनैतिक दलका तर्फबाट नेपाली कांग्रेस कार्यवहाक जिल्ला सभापति अन्नतकुमार गौली, नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राई, रास्वपाका जिल्ला संयोजक भक्तनारायण श्रेठ, जसपा नेपालका अध्यक्ष सिताराम तिम्सिना र एकीकृत समाजवादी पार्टीका उपसचिव इन्द्रकुमार कार्कीले लगायतले बधाई तथा शुभकामना मन्तब्य राखेका थिए ।

संखुवासभाको मकालु गाउँपालिका मकालु हिमालकै नामबाट नामाकरण भएको हो । मकालु गाउँपालिकाका अधिकाँस मानिसहरु टेकिङ्ग पेशामा आवद्ध छन् । मकालुको सेदुवा, नुर्बुगाउँ, टासीगाउँ, वलुङ लगायतका क्षेत्रका अधिकाँस युवाहरुको जिविकापार्जनको स्रोत नै ट्रेकिङ्ग ब्याबसाय हो । मकालु गाउँपालिकालाई आरोहीहरुको पालिका समेत भनेर चिनिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार