मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

मातृभाषा दिवश :
खाँदबारीमा विश्व मातृभाषा दिवश मनाइयो

Sankhuwasabhapress 628+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारी स्थित हिमालय माध्यमिक विद्यालयको सेमिनार हलमा विश्व मातृभाषा दिवश विशेष कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

दक्षिण एशियाली साहित्यिक सांस्कृतिक संगठन (एफ्साकल) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम संगठनका अध्यक्ष ताराबहादुर बुढाथोकीले संचालन गरेका थिए । हिमालय माध्यमिक विद्यालयका अध्यक्ष शेरबहादुर पराजुलीको अध्यक्षता तथा शिक्षक अभिभावक संघ अध्यक्ष तथा संस्कृतिकर्मी सुनिता गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली मातृभाषीको तर्फबाट अध्यक्ष बुढाथोकीले कविता बाचन गरेर कार्यक्रम उदघाटन भएको घोषणा गरे । कवि कृष्णबहादुर चापागाई र कवि सुलोचना शर्माले नेपालीमा कविता बाचन गरेका थिए । तामाङ भाषामा डिकमाया तामाङ, कुलुङ भाषाको कविता संगम कुलुङ, लोहोरुङ भाषाको कविता गणेश केत्रा राई, शेर्पाको गित सोनाबुटी शेर्पा, नेवारी भाषाको गीत र कविता सीता शाक्यले प्रस्तुत गरेका थिए । त्यस्तै भोटे भाषाको गीत रिन्जीन भोटे र थुदोक भोटेले प्रस्तुत गरेका थिए । कार्यक्रमका बीच–बीचमा संचालक बुढाथोकीले आफ्नै समुहबाट मगर भाषा, याम्फू भाषा, याख्खा भाषा, लिम्बु भाषाका कविता सुनाए । कार्यक्रममा १२ भाषाका कविता र गीत प्रस्तुत भएका थिए । 

कार्यक्रममा बोल्ने बक्ताहरुले मातृभाषाको मायाँ र संरक्षण गर्नु पर्ने नत्र लोप भएर जाने र पुस्तान्तरण नहुने चिन्ता समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल जनजाति महासंघका जिल्ला उपाध्यक्ष मित्रकुमार गुरुङ, जनजाति महासंघ पूर्वअध्यक्ष कृष्णप्रसाद तामाङ, शेर्पा संघका प्रतिनिधि रीता शेर्पा, नेवाः देय दवुका सदस्य उर्मिला श्रेष्ठ, कुलुङ समुदायका लेखक भरत कुलुङ, एफ्साकल सदस्य खगेश्वर घिमिरे, भोटे समाजका नेता थुदोक भोटे लगायत चार दर्जन बढी विद्यार्थी, शिक्षकका साथै संचारकर्मीहरुको समेत उपस्थिति थियो ।

उपस्थित वक्ताहरुले बंगलादेशमा सम्पन्न दक्षिण एसियाली सांस्कृतिक संगठनको अध्यक्ष निर्वाचित भएकोमा ताराबहादुर बुढाथोकीलाई बधाई दिदै गौरव ब्यक्त गरे । बंगाली भाषिक आन्दोलनको उत्प्रेरणाले राष्ट्रसंघीय युनेस्कोले सन् १९९९ मा घोषणा गरेको विश्व मातृभाषा दिवशका अवसरमा बंगलादेशले प्रदान गरेको भाषा साहित्य शिल्ड पनि बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार