मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |
मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

‘समुदायमा कांग्रेस अभियान’
'कांग्रेसमा सुधारका नीति ल्याउन सुझाव संकलन गरिएको हो—केन्द्रीय सदस्य दिनेश कोइराला'

Sankhuwasabhapress 607+ समाचार ( )
२४ माघ २०८०, बुधवार

संखुवासभा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रेसमा सुधारका नीति ल्याउनका लागि तल्लो तहका कार्यकर्ता तहसम्म पुगेर सुझाव संकलन गरिएको बताएका छन् ।

मंगलबार खाँदबारीमा प्रेस युनियनद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य तथा संखुवासभाका लागि केन्द्रीय प्रतिनिधीका रुपमा खटिएका कोइरालाले यस्तो बताएका हुन् । उनले पत्रकार भेटघाटमा बोल्र्दै कांग्रेसले माघ १३ देखि २६ गते सम्म अभियानको रुपमा संचालन गरेको ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत समुदायमा जाऔं, जनताका कुरा सुनौं भन्ने नारा सहित शुरु भएको अभियान प्रभावकारी बनेको दावी समेत गरे ।

‘यो अत्यन्तै नयाँ र नौलो कार्यक्रम हो । यस्तो राम्रो कार्यक्रम कांग्रेसले मात्रै होइन नेपालका अन्य कुनैपनि राजनैतिक दलले यस्तो कार्यक्रम अभियानको रुपमा संचालन गरेको छ जस्तो लाग्दैन् । अभियान अन्तर्गत संखुवासभाको विभिन्न स्थानीय तह र वडासम्म पुग्ने क्रममा पार्टी भित्रका आन्तरिक गुटबन्दीका कारण पार्टी मजवुद बन्न नसकेको र कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने लगायतका आमकार्यकर्ताहरुबाट सुझाव प्राप्त भएको छ । उहाँहरुले दिनुभएको सल्लाह, सझाव केन्द्रीय समितिको बैठकमा पेश गरिनेछ । सम्बोधन गर्न प्रयास गरिनेछ ।’—कोइरालाले भने ।

अभियानको क्रममा संखुवासभा घुम्ने क्रममा विकास निर्माण लगायतमा भएका ढिलासुस्ती र योजना माग लगायतका थुप्रै सुझावहरु प्राप्त भएको केन्द्रीय सदस्य कोइरालाको भनाइ छ । उनले यो मुलुकमा नयाँ पार्टीहरु आएपनि नयाँ केही गर्न नसकेको देखिएकाले पुरानो पार्टी कांग्रेस नै बलियो र मुलुक परिवर्तन गर्ने पार्टी भएको दावी गरे ।

‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत संखुवासभाको १० वटा स्थानीय तह र ७६ वटा वडासम्म कार्यक्रम संचालन गर्ने भनिएपनि जिल्लाको भोटखोला सहित सात वटा स्थानीय तहमा मात्रै कार्यक्रम संचालन गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव टकमान घलेले बताए । उनले माघ १६ गते शहिदहरुको संम्झानामा कांग्रेसले एकैदिन जिल्लाका ७६ वटै वडास्तरमा ‘समुदायमा कांग्रेस अभियान’ संचालन गरेको बताए ।

‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत संखुवासभा जिल्लाभर केन्द्रीय तह देखि तल्लो तहसम्म नेता तथा कार्यकर्ताहरु अभियान सफल बनाउन खटिएका थिए । पार्टीबाट निर्वाचीत जनप्रतिनिधीहरुलाई समेत खटाएका थिए । अभियानको अनुगमन गर्न संखुवासभाका निवर्तमान जिल्ला सभापति दिपनकुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । जसमा सदस्यहरु कुमारबाबु अधिकारी, टकमान घले, दिपेन्द्रमान शाक्य, देउमान राई, उषा कार्की र भीम कार्की रहेका थिए ।

माघ २२ गते मंगलबार झापा अर्जुनधारा नगरपालिका– ८ स्थायी घरभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा उपचारको क्रममा निधन भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले देशभर संचालनमा रहेको ‘समुदायमा कांग्रेस अभियान’ स्थगित भएको जनाएको छ । सोही कारण कांग्रेसको माघ १३ देखि २६ सम्मको ‘समुदायमा कांग्रेस अभियान’ स्थगित भएकाले केन्द्रीय प्रतिनिधी कोइराला बुधबार काठमाडौं फर्किएका छन् । 

भिडियो लिंक.....

https://www.youtube.com/watch?v=QTN-GD1GDNo&t=274s


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार