मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी–४ :
सेकाहा महोत्सव आयोजना हुने

Sankhuwasabhapress 628+ समाचार ( )
२ पौष २०८२, बुधवार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा ऐतिहासिक सेकाहा महोत्सव आयोजना हुने भएको छ ।

‘पौष ११–१५ खाँदबारी–४ सेकाहा जाऔं, ऐतिहासिक सेकाहा महोत्सवलाई भब्यताका साथ मनाऔं।’ भन्ने नारासहित ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना गरेको हो । महोत्सवलाई भब्य र सब्य मनाउन मुल आयोजक समितिका साथै विभिन्न उपसमितिहरु गठन गरि तीव्र रुपमा तयारीमा जुटेको सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले बताए । 

महोत्सवमा सेकाहा रंगशाला उद्घाटन तथा जग्गादाताहरुलाई सम्मान, अन्तरपालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका चर्चित गायकगायिकाद्धारा बहृत साँगितिक कार्यक्रम प्रस्तुती, पर्यटकीय क्षेत्र सेकाहा गाउँको अवलोकन, पर्यटन प्रवद्र्धन तथा होमस्टे अवलोकन, विभिन्न जातजातिहरुको साँस्कृतिक झाँकी प्रदर्शनी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, जिल्लाभरका गुरुङ जातिहरु भेला ल्होसार पर्व मनाउने र त्यसका साथै अन्य विभिन्न खेलकुद कार्यक्रमहरु जस्तै ः छेलो हान्ने, डोरी तान्ने, हाँडी फुटाउने र नृत्यहरु रहने अध्यक्ष गुरुङले बताए ।

उक्त महोत्सवमा विभिन्न कार्यक्रमका साथै देशविदेशबाट समेत पाहुनाहरु सेकाहा भित्रिने आयोजक सेकाहा सामुदायिक विकास क्लबका सचिव सलबहादुर गुरुङले बताए । तमू (गुरुङ) महानपर्व तमू ल्होसारको अवसरमा आयोजित यो महोत्सवले पौष ११ देखि १५ गतेसम्म रमझम र रमाईलो वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको सचिव गुरुङको भनाइ छ । 

सेकाहा सामुदायिक विकास क्लबले ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना गरेको हो । महोत्सवको सहआयोजकमा मकालु बरुण बौद्ध गुम्बा रहेको छ भने मुख्य प्रायोजक ४ नं. वडा कार्यालय खाँदबारी नगरपालिका र प्रायोजकमा सिरुपाते ग्लोबल ग्रुप भालुकाभ्रा रहेको छ । महोत्सवको अफिसियल मिडिया पार्टनर संखुवासभा एक्सप्रेस रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार