मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

भदौ ६ गते शुक्रबार रक्तदान :
खाँदबारीमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बृहत्त रक्तदान कार्यक्रम गर्ने (भिडियो सहित)

Sankhuwasabhapress 628+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

संखुवासभा । खाँदबारीमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले बृहत्त रक्तदान कार्यक्रम गर्ने भएको छ।

जिल्ला सदरमुकाम खाँदबारीमा ब्रम्हकुमारी राजयोग सेवाको आयोजनामा बृहत्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ब्रम्हकुमारी राजयोग सेवा खाँदबारीले सोमबार खाँदबारीमा पत्रकार सम्मेलन गरि यहि भदौ ६ गते शुक्रबार जिल्ला समनन्वय समितिको हलमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिइयो । ब्रम्हकुमारी राजयोग सेवा खाँदबारीकी प्रमुख रचना आचार्यले रक्तदान भनेको जीवन दान भएकाले सबैलाई यस्तो पुण्य कर्ममा सहभागी हुन अपिल गरिन् । 

आममानिसहरुलाई रक्तदान सामाजिक पुण्यको काम हो भनि सामाजिक उत्तरदायित्वको रुपमा अघि बढाउन सकेसम्म स्थानीय दाताहरूलाई रक्तदान कार्यक्रम सहभागी गराइने ब्रम्हकुमारी राजयोग सेवा केन्द्रकी प्रमुख आचार्यको भनाइ छ । उनले भनिन्—‘तपाईको एक थोपा रगतले अरुको जीवन बच्छ भने यस्ता महान कार्यमा सहभागी भइदिनु होस् । विशेष गरि १८ देखि ६५ वर्ष मुनिका सम्पूर्ण महानुभावहरुमा रगत दान गर्न अपिल गर्दछु ।’—आचार्यले भनिन ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले देशभर चार दिन रक्तदान कार्यक्रमको आयोजना गरेको छ । भदौ ६ देखि ९ गते सम्म देशभर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । त्यसमा खाँदबारीमा भने भदौ ६ गते तोकीएको केन्द्रले जनाएको छ । केन्द्रीय  कार्यक्रम सफल पार्न रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रम शुक्रबार विहान ८ बजेदेखि ४ बजेसम्म गरिने तय भएको केन्द्रले जनाएको छ । रगतदान गर्नेहरुलाई प्रमाणपत्र समेत ब्यबस्था गरिएको केन्द्रको भनाइ छ । 

रक्तदान भनेको विश्व बधुत्व भावना जगाउने र सद्भाज, एकता र प्रेम गर्न प्रेरित गर्ने भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रगत बाँडदा प्रेम बाँडे सरह हुने भएकाले सबै सहभागी बन्न ब्रम्हकुमारी राजयोग सेवा केन्द्र खाँदबारीको अनुरोध छ । रगत मात्रै संकलन गर्न नभएर सचेतना बृद्धि गर्न कार्यक्रम गरिएको ब्रम्हकुमारी राजयोग सेवा केन्द्रकी प्रमुख आचार्य बताउँछिन् ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको खाँदबारीमा आफ्नै कार्यालय रहेको छ भने चैनपुर, चेवा र पिप्लेका इकाई केन्द्रहरु संचालनमा रहेको छ । विश्वब्यापी रुपमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको पहुँच पुगेको ठाउँमा एकै पटक पाँच हजार ५ सय स्थानमा रक्तदान कार्यक्रम हुन लागेको हो । 

vedio link : https://www.youtube.com/watch?v=CvFJ_75QjK8&t=7s

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार