मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी नगरपालिका–४ सेकाहा :
मकालु बरुण बौद्ध गुम्बाको आयोजनामा विश्व शान्ति पूजा शुरू

Sankhuwasabhapress 628+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–४ सेकाहामा रहेको मकालु बरूण बौद्व गुम्बाले विश्व शान्ति कामना गर्दै विश्व शान्ति पूजाको आयोजना गरेको छ ।

‘हाम्रो चाहना, विश्व शान्तिको कामना, विश्वमा घटिरहेको हत्या, हिसां प्राकृतिक प्रकोप र आंतक विद्रोह जस्ता विभिन्न दुःखहरूको अन्त्य भई विश्वमा शान्ति फैलियोस, वर्तअसहज परिस्थिति अन्त्य भई दिगो शान्ति स्थापना होस’ भन्ने मुलनारा सहित पूजाको आयोजना गरिएको हो ।

विहीबार एक समारोह बीच विश्व शान्ति पूजाको औपचारिक रूपमा खाँदबारी नगरपालिकाका कार्यवहाक मेयर देवबहादुर मगरले पूजाको बत्ती बालेर उदघाटन गरे । उनले समाज घटिरहेका नकारात्मक कुराहरूको अन्त्य गरि सकारात्मक सोच विचार आउने गरि मानिसहरूको मानसिक धारणा परिवर्तन हुन सकोस भन्ने कामना गरिएको बताए । बुद्वको जस्तै शान्त रहने, सत्य बोल्ने र कुविचार हराउने यो पुजाबाट प्रेरणा मिलोस भनी पुजाको सफलताको शुभकामना दिए ।

मकालु बरूण बौद्व गुम्बाका अध्यक्ष तेजबहादुर गुरूङले विश्वमा भइरहेको हत्या हिसां र कुकर्महरूको अन्त्य भइ शान्ति छाओस भन्ने कामना सहित विश्व शान्तिको कामना गर्दै पूजाको आयोजना गरिएको बताए । उनले यो पुजाले गाउँघरमा शान्ति छाउने र नकारात्मक कुविचारहरू हराएर जाने उद्वेश्यका साथ आयोजना गरिएको बताए । 

विहीबार देखि शुरू भएको पूजा सोमबार सम्म पाँच दिन दैनिक पुजापाठ हुनेछ । उक्त पुजामा विनोद लामा लगायत १६ जना लामा गुरूहरूले पाठ र मन्त्रोचरण गर्नेछन् भने प्रमुख गोपाल लामा गुरू शनिबार गुम्बामा आइपुग्ने जनाइएको छ । 

उक्त पुजामा विशेष गरि बौद्व धर्मको पवित्र ग्रन्थ प्रज्ञा, पारमिता, हुयमपति पाठ वाचन, मृत आत्माहरूको चिरशान्तिको लागि बृहत् च्योदधुर पुजा हुने गुम्बाका मकालु बरूण बौद्व गुम्बाका अध्यक्ष गुरूङले बताए । गुम्बामा दैनिक विहान ७ बजेदेखि बेलुकी पाँच बजेसम्म पुजा पाठ हुने जनाएको छ ।

उद्घाटन समारोह कार्यक्रममा खाँदबारी नगरपालिकाका कार्यवहाक मेयर देवबहादुर मगर, संखुवासभाको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खडका, डियसपी दक्षकुमार बस्नेत, राष्ट्रिय अनुसन्धानका उमेश पाण्डे, खाँदबारी-४ का कार्यवहाक वडाध्यक्ष पवित्रा गुरूङ, खाँदबारी-६ वडाध्यक्ष अर्जुन तामाङ, कालिका माविका प्रअ विनोद गुरूङ लगायतका ब्यक्ति ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

यो क्षेत्रमा बौद्वमार्गीहरूको बाहुल्यता भएकाले गुम्बा बनाउने र पुजापाठ लगाउने प्रचलन छ । यस गुम्बाले ०६८ सालमा पनि पाँच दिने विश्व शान्ति पुजाको आयोजना गरेको थियो । उक्त गुम्बा २०५६ सालमा स्थापना भएको हो भने दैनिक ३ जना लामा गुरुद्धारा पूजापाठ हुने गर्दछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार