मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी नगरपालिका :
सेकाहामा रुपलामा पार्क उद्घाटन, पर्यटकीय क्षेत्र बन्ने

Sankhuwasabhapress 628+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका—४ सेकाहाको भ्याङखोलामा रुपलामा पार्क उद्घाटन गरिएको छ ।

शनिबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिका ४ का वडाध्यक्ष विनोदसुब्बा गुरुङ र तमू ह्युल छोजधीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सचिवालय सदस्य तथा कोशी प्रदेश इन्चार्ज केशरमान गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कोरङ्गी लामा गुरुङहरुको पूर्खा रुपलामा गुरुङको मूर्ति स्थापना गरि पार्क समेत निर्माण गरि ‘रुपलामा पार्क’ नामाकरण गरि उद्घाटन गरिएको हो ।

उक्त उद्घाटन कार्यक्रममा कोरङ्गी लामाका पुर्खाहरु, समितिका पदाधिकारीहरु, जनप्रतिनिधीहरु, समाजसेवी, भद्रभलादमी, कलाकार, पत्रकार, सुरक्षाकर्मी, टोल विकास संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कोरङ्गीहरुको पितृ पूजा, सहयोगी दाताहरुलाई सम्मान र स्थानीय तथा राष्ट्रिय कलाकारहरु सांगितिक कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रमका कलाकारहरु उमङ्ग लामा, कुसुम गुरुङ, पवित्रा गुरुङ, दिनेश गुरुङ लगायतले सांगितिक कोशेली प्रस्तुत गरेका थिए । 

भ्याङखोलामा पार्क निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि पर्यटकीय केन्द्र समेत बन्न थालेको छ । आजभोली पार्कमा घुमफिर गर्न र फोटो खिच्न आउनेहरुको भीड लाग्न थालेको छ । 

रुप लामा पार्क निर्माणमा कुल ७ लाख ५० हजार रुपैया खर्च भएको जनाएको छ । जसमा खाँदबारी ४ नं. वडा कार्यालयबाट १ लाख ५० हजार रुपैया र देशविदेशमा रहेका कोरङ्गी लामाहरुबाट सहयोग रकम ६ लाख रुपैया संकलन गरि पार्क निर्माण गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार