मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

अरुण तेस्रो जलविद्युत् आयोजना : मुआब्जा माग गर्दै जग्गाधनीद्वारा सडक बन्द

Sankhuwasabhapress 628+ समाचार ( )
१७ भाद्र २०८०, आइतबार

संखुवासभा— संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग स्थानीयले बन्द गरेका छन् ।

शनिवार अरुण तेस्रो प्रवेशमार्ग अन्तर्गत खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडामा भेला भइ स्थानीय जग्गाधनीहरुले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका हुन् । पटक-पटकको मागलाई बेवास्ता गरेकाले सडकमा नै उत्रिनुपरेको स्थानीयहरु बताउँछन् ।

‘राष्ट्रिय गौरवको आयोजनाले स्थानीयलाई सुकुम्बासी बनाउन पाइँदैन, सरकार कहाँ छौ—हामी पालमुनिको बासमा छौँ’ लगायतका नारा लेखिएको ब्यानर टाँगेर सडक बन्द गरेका हुन् ।

अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युत् गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै अनिश्चितकालीन रुपमा सडक बन्द गरिएको जग्गाधनीहरु भनाइ छ ।

मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेको अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताउनुभयो । उहाँले सरकारसँग पटकरपटक आग्रह गर्दा पनि बेवास्ता गरेकाले मुआब्जा रकम वितरण नहुन्जेलसम्म प्रवेशमार्ग बन्द गरिने बताउनुभयो । 

गएको वैशाख २६ गते छयाङकुटी–दिदिङ्ग सडक खण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।

पहिलो चरणमा चार सय ५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीको लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो । तर, सरकारले जनतालाई रकम चाहिँ बाँडेको छैन ।

अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ । आयोजनाको हालसम्म करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार