मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

संगठन :
निजामति कर्मचारी संगठनको संखुवासभा अध्यक्षमा पोख्रेल

Sankhuwasabhapress 628+ समाचार ( )
१३ माघ २०८१, आइतबार

संखुवासभा । नेपाल निजामति कर्मचारी संगठनको संखुवासभा अध्यक्षमा सूशील पोख्रेल सर्वसम्मत चयन भएका छन् । 

शनिबार भएको १२ औं जिल्ला अधिबेसनबाट पोख्रेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षद्धय धनकुमार राई र रिना राई, सचिव राजेन्द्र कार्की, सहसचिव लोचन अधिकारी, कोषाध्यक्ष पर्शुराम कार्की सहित १४ जना सदस्यहरु रहेका छन् । जसमा इन्दिरा कार्की, खड्गबहादुर थापा, होमनाथ बराल, अरुणकुमार थापा, हिमादेवी कार्की, गिता गिरी घिमिरे, डिसब कार्की, आयाम काफले, तेन्जिङ नावा भोटे, युवराज शंकर, केशव आचार्य, लोकेन्द्र खत्री र केशव पोख्रेल चयन भएका हुन् ।

त्यसैगरि केन्द्रीय प्रतिनिधी चेतनाथ पराजुली, ब्यन्जना गुरुङ र सूशील खड्का चयन भएका छन् भने प्रदेश प्रतिनिधी कमलमणि थापा र दुर्गाबहादुर थापामगर चयन भएका छन् । 

नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य बुद्धिबहादुर घिमिरे कार्यक्रमका प्रमुख अतिथी रहेका थिए । भने नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख तथा पूर्वसाँसद राजेन्द्र गौतम, नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राई लगायतका विशिष्ट अतिथीहरुले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । 

‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट हौै’ भन्ने नारासहित १२ औं जिल्ला अधिबेसन भब्यताका साथ सदरमुकाम खाँदबारीमा सम्पन्न भएको नवनिर्वाचीत अध्यक्ष सूशील पोख्रेलले जानकारी दिए । विधानअनुसार समितिको अवधी तीन बर्षे हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार