मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

विपत्ती
पूर्व कार्यपालिका सदस्य तामाङको घर आगजनी भएपछि मेयर महेश थपलिया राहत लिएर घरैमा पुगे

Sankhuwasabhapress 628+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरमा घर आगजनी भएकी खाँदबारी नगरपालिकाका पूर्व कार्यपालिका सदस्य चन्द्रकला तामाङलाई मेयर महेश थपलिया घरैमा भेट्न पुगेका छन् ।

सोमबार खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य र प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्की लगायत नगरपालिकाको टोली अग्नीपिडीत तामाङको घरमा पुगेका हुन् । तामाङको घर दशैं विजयदशमी टिकाको दिन घरमा कोही नभएको समयमा विद्युत्त सर्ट भई आगजनी भएको थियो । घर आगलागिबाट बिचल्लीमा परेकी अग्नीपिडीत तामाङको परिवारलाई खाँदबारी नगरपालिकाको तर्फबाट जस्तापाता र नगद २५ हजार रुपैया सहयोग हस्तान्तरण गरेका थिए । तत्कालका लागि केही लत्ताकपडा र सरसामानहरु समेत हस्तान्तरण गरेका थिए ।

विपत्तीको समयमा सहानुभूति दिन र भेटघाट गर्न पिडीतको घरैमा पुगेको मेयर थपलियाले प्रतिकृया दिए । तामाङ नेकपा एमालेको तर्फबाट खाँदबारी नगरपालिकाका अघिल्लो कार्यकालका खाँदबारी–१० का वडा सदस्य तथा खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य बनेकी थिइन् ।

घरमा आगलागि हुँदा करिब २० लाख बराबरको क्षति भएको थियो । घर आगजनी पछि तामाङको ४ जनाको परिवार बिचल्लीमा परेका छन् । आगलागिबाट तामाङको घरमा रहेको लत्ताकपडा, खाद्यान्न, नगद, सुन लगायत बहुमुल्य सामग्री समेत जलेर नष्ट भएको थियो । अहिले अग्नी पिडीत तामाङलाई सहयोग जुटने क्रम समेत जारी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार