मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

मानव अधिकार तथा शान्ति समाज संखुवासभाको सातौं बार्षिक साधारणसभा सम्पन्न

Sankhuwasabhapress 628+ समाचार ( )
१५ कार्तिक २०८०, बुधवार

संखुवासभा । मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाको सातौं बार्षिक साधारणसभा खाँदबारीमा सम्पन्न भएको छ ।

'चुरे ध्वस्त पार्न पाईंदैन, मरुभुमिकरण गर्ने नीति चाहिँदैन' भन्ने नाराका साथ सातौं बार्षिक साधारणसभा खाँदबारीमा सम्पन्न भएको हो । शाखा सभापति लोकदर्शन शाक्यको अध्यक्षतामा तथा खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा संखुवासभाका सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र संञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख महेश थपलियाले अहिलेको समाज जटिल र संङ्क्रमण तर्फ धकेलिदै गएको परिस्थितिमा मानव अधिकारको संरक्षण, सामाजिक सदभाव, सहिष्णुहता कायम राख्ने वातावरण निर्माणमा मानव अधिकार तथा शान्ति समाजको भुमिका महत्वपुर्ण हुने धारणा राखे ।

अहिले विश्व युद्ध र हिंसातर्फ पनि उद्धेलित रहेकाले विश्व समुदायलाई समेत युद्धलाई त्याग गरि शान्ति र अहिंसाको पक्षमा उभ्याउन यस किसिमका सामाजिक संस्था, अन्तराष्ट्रिय रेडक्रस सोसाईटी र मानव अधिकारबादी संघसंस्थाहरुको महत्वपुर्ण भुमिका रहने नगरप्रमुख महेश थपलियाको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजका केन्द्रीय सदस्य निर्मला गुरुङले चुरे दोहन र मरुभुमिकरणले जलवायु परिवर्तन र वातावरणमा नकारात्मक प्रभाव पारिरहेकाले चुरे दोहन र

मरुभुमिकरण न्युनिकरणका लागि नितिनिर्मातालाई सजग र सचेत बनाउन चुरे ध्वस्त पार्न पाईंदैन, मरुभुमिकरण गर्ने नीति चाहिँदैन भन्ने नारा तय गरिएको धारणा राखेकि थिईन् । समाजका सचिब मुना पराजुलीले संस्थाले गरेको बार्षिक कार्यक्रमका बारेमा जानकारी गराएकि थिईन् ।

मानव अधिकार तथा शान्ति समाजका आजीवन सदस्य कमल कटुवालले संचालन गरेको कार्यक्रममा अध्यक्ष लोक दर्शन शाक्यले समाजलाई शान्ति र सदभावयुक्त बनाउन शान्ति समाजले भुमिका खेल्दै आएको जानकारि दिँदै र लोकतन्त्र बिना शान्ति र मानव अधिकारको परिकल्पना गर्न नसकिने धारणा राखे ।

प्रतिक्रिया

लाेक दर्शन शाक्य १५ कार्तिक २०८०, बुधवार

राम्राे लाग्याे

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार