मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

चैनपुर –१० लेवारिङ्ग
सिंहेश्वर आविको ४७ औं बार्षिकोत्सव सम्पन्न, विभिन्न ब्यक्तिहरुलाई सम्मान

Sankhuwasabhapress 628+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–१० लेवारिङ्ग स्थित रहेको सिंहेश्वरी आधारभूत विद्यालयको ४७ औं बार्षिक उत्सव सम्पन्न भएको छ ।

आइतबार विद्यालयको आयोजनामा भब्य रुपमा बार्षिकोत्सव कार्यक्रम मनाइएको हो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङ रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथी जिल्ला समन्वय समिति संखुवासभाका उपप्रमुख वविता खत्री अधिकारी, चैनपुर–१० का वडाध्यक्ष धनबहादुर तामाङ (अशोक), जिल्ला शिक्षा कार्यालयका पूर्वविद्यालय निरीक्षक दानबहादुर अधिकारी लगायतका ब्यक्तिब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रममा विद्यालयमा अक्षय कोष स्थापना गरी सहयोग गर्ने अक्षयकोष दाताहरु ६ जनालाई सम्मान गरिएको थियो । जसमा अक्षयकोष दाताहरु बलबहादुर अधिकारी, मदन अधिकारी, बविता अधिकारी, रत्न अधिकारी, मिनबहादुर राई र धनबहादुर तामाङ दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले जानकारी दिए । उनको अनुसार, विद्यालय स्थापना गर्न योगदान पु-याउने सोही ठाउँका स्थानीय समेत रहेका जिल्ला शिक्षा कार्यालयका पूर्वविद्यालय निरीक्षक दानबहादुर अधिकारीलाई मायाको चिनो चैनपुरे करुवा, दोसल्ला र सम्मानपत्र सहित सम्मानित गरिएको थियो । 

विद्यालयलाई सहयोग गर्ने सोही विद्यालयका पूर्वविद्यार्थीहरु सन्तोष अधिकारी र खगेन्द्र पाण्डेलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी उदयचन्द्र अधिकारी र दुर्गा अधिकारीलाई समेत सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो । सन्तोष अधिकारी र खगेन्द्र पाण्डेले विद्यार्थीहरुलाई स्वीटर वितरण गरेका थिए भने उदयचन्द्र र दुर्गाले विद्यार्थीहरुलाई टाइवेल्ट वितरण गरेका थिए । 

विद्यालयलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने दाताहरुलाई प्रसंसापत्रद्धारा बार्षिकत्सवको अवसरमा प्रदान गरिएको थियो । बार्षिकत्सवको अवसरमा विद्यालयमा अन्तरविद्यालय हाजिरीजवाफ लगायतका विभिन्न कार्यक्रम संचालन गरिएको थियो । 

 कार्यक्रम विद्यालयका शिक्षक खिमेन्द्र वलीले संचालन गरेका थिए । २०३४ सालमा स्थापना भएको सिंहेश्वरी आधारभूत विद्यालयमा हाल कक्षा ५ सम्म संचालनमा रहेको छ । विद्यालयमा हाल ५२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार