मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |
मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

#कुवेत :
तमू समाज कुवेतको अध्यक्ष रञ्जना र महासचिव सुरेश गुरुङ निर्वाचीत

Sankhuwasabhapress 607+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

कुवेत । तमू समाज कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा रञ्जना गुरुङ र महासचिवमा सुरेश गुरुङ सर्वसम्मत निर्वाचीत भएका छन् । 

कुवेतस्थित खैतानमा रहेको राजधानी होटलको सभाहलमा २७ सेप्टेम्बरमा अधिबेसन सम्पन्न भएको हो । “तमू (गुरुङ) जातिहरुको मौलिक पहिचान, जातीय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल उद्धेश्यको साथ २००९ मा स्थापना भएको तमू गुरुङहरुको साझा संस्था तमू समाजको छैटौं अधिवेशन राजु गुरुङको सभापतित्व तथा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ बिशेष आतिथ्यता रहेको थियो । यसैगरी कुवेतमा कृयाशिल रहेका नेपाली संघ संस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार, कलाकार, खेलाडी, समाजसेवी, बुद्धिजिवी तथा भद्र–भलादमीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई समाजका उपाध्यक्ष रञ्जना गुरुङले संचालन गरेकी थिइन भने स्वागत मन्तव्य समाजको महासचिब सुरेश गुरुङले राखेका थिए ।

उक्त अधिवेशनले रञ्जना गुरुङको नेतृत्वमा ७६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष याम गुरुङ, उपाध्यक्ष नन्द घले गुरुङ, महिला उपाध्यक्ष शोभा गुरुङ र महासचिब सुरेश गुरुङ चयन भएका छन् । त्यसैगरि सचिब अमृत गुरुङ, सह–सचिब भेद गुरुङ, कोषाध्यक्ष पदम गुरुङ, सह–कोषाध्यक्ष कुमारी गुरुङ, कलाकार संयोजक सुशिल गुरुङ, कलाकार उपसंयोजक सरस्वती गुरुङ, युवा संयोजक आकाश (हरी) गुरुङ, युवा उपसंयोजक तेज (शक्ति) गुरुङ, महिला संयोजक सुमी गुरुङ, खेलकुद संयोजक भुप्रसाद गुरुङ चयन भएका छन् ।


त्यस्तै सदस्यहरुमा गोपाल गुरुङ, निपेश गुरुङ, किरण  गुरुङ, बबिता गुरुङ, पदम  गुरुङ, कृष्ण गुरुङ (बुटवल), रमेश  गुरुङ, केश  गुरुङ, प्रेम  गुरुङ, कृष्ण गुरुङ (बुटवल), पूर्णि कुमारी  गुरुङ, सपना  गुरुङ, ममता  गुरुङ, याम बहादुर  गुरुङ, सुधिर घले, राजेन  गुरुङ, सुस्मी सुनाम, डम्बर गुरुङ, सुमित गुरुङ, चिनमाया गुरुङ, मिना  गुरुङ, कमल गुरुङ, केवल  गुरुङ, केशब  गुरुङ, डाईमान गुरुङ, देबु  गुरुङ, सुस्मा गुरुङ, पूर्णिमा  गुरुङ , अबिन  गुरुङ,  एन्जिला  गुरुङ, खुशीमान  गुरुङ , देबी गुरुङ , बिजा  गुरुङ, मनबहादुर गुरुङ, मंगल  गुरुङ, सिमा  गुरुङ, दिवान  गुरुङ, मनिष  गुरुङ, पुष्पा  गुरुङ, उषा  गुरुङ, संगिता गुरुङ, सुमित्रा गुरुङ, अगमकुमारी गुरुङ, झरना गुरुङ, बिनीमाया गुरुङ, दिलकुमारी गुरुङ, आदर्श गुरुङ , धनबहादुर गुरुङ, सुदिप गुरुङ, अनु गुरुङ, किसान गुरुङ, रेनुका  गुरुङ, हिमा  गुरुङ, बिसमाया गुरुङ, देबी गुरुङ, जेनी गुरुङ, श्याम गुरुङ, रिसा गुरुङ, चिजबहादुर गुरुङ, कृष्ण गुरुङ, मानार्थ सदस्य शान्ति सुनुवार रहेका छन भने सल्लाहकार समितिमा संस्थापक तथा वरिष्ठ सल्लाहकार अमर गुरुङ, वरिष्ठ सल्लाहकार खोप गुरुङ, वरिष्ठ सल्लाहकार राजु गुरुङ, वरिष्ठ सल्लाहकार अमृत गुरुङ, वरिष्ठ सल्लाहकार भिमबहादुर गुरुङ सल्लाहकारहरुमा रोशनराज गुरुङ, सुमन गुरुङ, गोपप्रसाद गुरुङ, पवित्रा गुरुङ, रञ्जु गुरुङ, अमृत गुरुङ रहेका छन ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार