मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

३ करोड ७१ लाख लागतमा निर्माण सम्पन्न :
भारतीय राजदुतावासको सहयोगमा बन्यो हिमालय क्याम्पसको भवन, परराष्ट्रमन्त्री साउद र राजदुत श्रीवास्तवद्धारा संयुक्त रुपमा उद्घाटन

Sankhuwasabhapress 598+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

नवीन गुरुङ

संखुवासभा संखुवासभाको सदरमुकाम खाँदबारी–७ स्थित नयाँबजारमा रहेको हिमालयकिरण पब्लिक क्याम्पसको भवनको उद्घाटन गरिएको छ ।

बुधबार एक कार्यक्रम बीच नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले पर्दाले छोपिएको शिलापत्र खोलेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा संघीय सांसद दीपक खड्का, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवप्रसाद कोइराला, अमेरिकाका लागि पूर्वनेपाली राजदुत डा.अर्जुन कार्की, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष सुमन श्रेष्ठ, क्याम्पस प्रमुख डाक्टर मातृकाप्रसाद तिम्सिना लगायतको उपस्थिती रहेको थियो । उनीहरुले संयुक्त रुपमा पानसमा बत्ती बाल्नुका साथै शिलापत्रको उद्घाटन गरेपछि उनीहरुले पालै-पालो क्याम्पस परिसरमा वृक्षारोपण समेत गरि उद्घाटन गरेका थिए । त्यसलगतै क्याम्पस निर्माणका लागि मुख्यदाता स्वर्गीय किरण शाक्यको शालिकमा माल्यार्पण समेत गरेका थिए भने कार्यक्रममा राष्ट्रिय सेवा दलले सामुहिक नृत्य प्रदर्शन गरेका थिए ।

कार्यक्रममा परराष्ट्र मन्त्री साउदले हिमालयकिरण पब्लिक क्याम्पसको भवन निर्माण भएपछि ग्रामीण क्षेत्रका समुदायका मानिसहरुलाई शिक्षामा राहत पुगेको बताए । उनले भारतीय सरकारको नेपालप्रति निकै ठूलो सहयोग रहेको भन्र्दै धन्यवाद दिर्दै नेपालीहरुको समस्याहरु बुझेर नै भारत सरकारले शिक्षा, स्वास्थ्य र ऊर्जा लगायतको क्षेत्रमा गर्ने गरेको बताए । 

शिक्षाको क्षेत्रमा सहयोग गर्दा एकपुस्ता मात्रै नभएर पुस्तौ-पुस्ता सम्म पुग्ने परराष्ट्रमन्त्री साउदको भनाइ थियो । ‘नेपाल र भारत वीचको सम्बन्ध असाध्यै प्रगाढ छ, त्यसैले एकआपसमा हरेक काम कुराहरु समन्वय भईरहेको छ । भारत सरकारले यही संखुवासभामा निर्माण गरिरहेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त परियोजनाबाट उत्पादन भई बढि भएको बिजुली भारतका साथै अन्य मुलुकमा बेच्न सकिन्छ, यो एउटा राम्रो काम हो ।’-मन्त्री साउदले भने—‘शिक्षा र स्वास्थ्य लगायतको क्षेत्रमा अनुदान सहयोग गर्दा भारत सरकारको ८० प्रतिशत लगानी र स्थानीय समुदायको २० प्रतिशत लगानी रहने बिषयमा पनि कहिलेकाँही स्थानीय समुदायले २० प्रतिशत जुटाउन नसक्ने अवस्था आउनले गरेकाले भारतीय सरकारले केही सहज बनाईदिनुपर्छ की भन्ने लागेको छ ।’

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत सरकारले नेपालको कुनाकप्चा र ग्रामीण समुदाय सम्म विभिन्न सहयोग गर्दै आएको बताए । उनले भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्यमा धेरै लगानी गरेको बताउदै स्थानीय समुदायको स्वास्थ्य प्रति संवेदनशील भएकाले एम्बुलेन्स समेत वितरण गर्दै आएको बताए ।

नेपाल र भारत वीच एकआपसमा गहिरो सम्बन्ध रहेकोले सहयोग आदानप्रदान भईरहेको उनको भनाइ थियो । ‘भारत सरकारले एउटा परियोजनामा ५ करोड रुपैयासम्म दिनसक्छ, सो योजनामा पनि नेपालले सरकारले १०० प्रतिशत अनुदान चाहिन्छ भनेपनि हामी दिन तयार छौ तर नेपाल सरकारले आधिकारिक रुपमा भन्नुप-यो । ५ करोड रुपैयाभन्दा अझ बढि राहत चाहिन्छ भनेपनि हामी दिन तयार छौ तर हामीले ड्राफ्ट सामान्य प्रशासन मन्त्रालयमा पठाएका छौ, त्यो ड्राफ्ट पास हुनुप-यो । नहुने भन्ने छैन् ।’-राजदुत श्रीवास्तवले भने ।

सन् २००३ देखि भारतले नेपालमा करिब ५ सय ५० उच्च प्रभाव सामुदायिक विकास आयोजनाहरू प्रदान गरेको छ जसमध्ये ४ सय ८३ परियोजनाहरू सम्पन्न भएका छन् । जसमध्ये कोशी प्रदेशमा विभिन्न क्षेत्रमा ८४ वटा आयोजना छन् । यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९ सय ७४ वटा एम्बुलेन्स र २ सय ३४ वटा स्कूल बस उपहार दिएको छ । तीमध्ये हालसम्म संखुवासभामा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस, हालै सन् २०२३ जुलाईमा यस क्याम्पसमा एउटा स्कुल बस उपलब्ध गराइएको जनाएको छ ।

खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले संखुवासभा सुन्दर जिल्ला भएको र यहाँ धेरै संम्भावनाहरु रहेको जानकारी दिर्दै यहाँको विकास निर्माण भारत सरकारले समेत सहयोग गर्न आग्रह गरेका थिए । उनले यहाँको सडक यातायात, शिक्षा र स्वास्थ्य क्षेत्रमा भारत सरकारको सहयोगको अपेक्षा राखेको बताए । ‘खाँदबारीको यो सुविधासम्पन्न हिमालयकिरण पब्लिक क्याम्पसलाई आँङ्गिक क्याम्पस बनाईदिन अनुरोध गर्दछु ।’-मेयर थपलियाले भने ।  

खाँदबारी नगरपालिका मेयर महेश थपलियाले भारतीय राजदुत श्रीवास्तव, परराष्टमन्त्री साउदलाई अल्लोको कोट उपहार प्रदान गरेका थिए । त्यसैगरि चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्बू शेर्पाले उपहार प्रदानका साथै जालपा माविमा ५ करोड रुपैया विद्यालय भवन निर्माणका लागि संम्झौता भईसकेको भन्र्दै राजदुतलाई प्रसंसापत्र समेत प्रदान गरेका थिए । त्यसैगरि मकालु गाउँपालिका अध्यक्ष ओङ्दी शेर्पा, सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङ र सभापोखरी गाउँपालिकाका भीमबहादुर लिम्बुले भारतीय राजदुतलाई विभिन्न योजनाहरुको प्रस्ताव पेश गरेका थिए। 

कार्यक्रममा हिमालयकिरण पब्लिक क्याम्पसका क्याम्पस प्रमुख डाक्टर मातृकाप्रसाद तिम्सिनाले हिमालय क्याम्पसलाई आँङ्गिक क्याम्पस बनाईदिन माग राखेका थिए । उनले क्याम्पसको बारेमा जानकारी दिदै र कार्यक्रम माथि औचित्य प्रकाश पार्दै विश्वविद्यालयका उपकुलपति समक्ष क्याम्पसलाई आँङ्गिक बनाईदिन माग गर्दै केन्द्र सरकार देखि सरोकारवाला सबैले सहयोग गरिदिन आग्रह गरेका थिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार