मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

नेपाली कांग्रेस :
संखुवासभामा कांग्रेसको सय दिने सांगठनिक अभियान शुरु

Sankhuwasabhapress 628+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले पार्टीको सय दिने सांगठनिक अभियान शुरु गरेको छ ।  

सोमबार नेपाली कांग्रेस संखुवासभाले सदरमुकाम खाँदबारीमा आयोजित कार्यक्रममा कांग्रेसका संस्थापक सदस्य, सन्तनेता एंव पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा सन्तनेता भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै सय दिने सांगठनिक अभियान शुरु भएको घोषणा गरिएको हो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले विशुद्ध पार्टीको सांगठनिक काममा परिचालित हुने गरी सय दिने अभियान केन्द्रीय कार्यालयले देशभरका ७७ ओटै जिल्लामा निर्देशन दिएको र केन्द्रीय प्रतिनिधीको रुपमा पार्टीले आफूलाई संखुवासभा खटाएको बताए । उनले जिल्ला तहदेखि टोलसम्म कांगेसको संगठनमा लाग्न अनुरोध गर्दै सबैसँग भेटघाट गरि पार्टीलाई बलियो बनाउने उद्धेश्यले अभियान संचालन गरिएको बताए । 

त्यसैगरि कार्यक्रममा नेपाली कांग्रेस आमन्ति केन्द्रीय सदस्य तथा संखुवासभाबाट निर्वाचीत सांसद, हाल ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले पार्टीके सय दिने अभियान सफल पार्न सबैलाई लाग्न अनुरोध गरे । यो अभियानले कांग्रेस मजबुद बनाउन बल मिल्ने भएकाले सबै एकजुट भएर पार्टीको संगठन बनाउन लाग्नुपर्ने मन्त्री खड्काले धारणा राखे ।

गएको १ असोजबाट कांग्रेसको सय दिने सांगठनिक विशेष अभियान शुरु भएको हो । पुस मसान्त सम्म सक्नुपर्ने भएपनि संखुवासभामा ढिलो गरि अभियान शुरु भएकाले आगामी माघ १६ गते मात्रै अभियान सम्पन्न गरिने नेपाली कांग्रेस संखुवासभाका सचिव टकमान घलेले जानकारी दिए । उनले यो सय दिने अभियानमा पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउने, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी अभियान सुरु भएको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य पासाङ शेर्पा, पूर्वसाँसद तथा कोशी प्रदेश कांग्रेस उपसभापति टंकप्रसाद राई, कांग्रेस संखुवासभाका पूर्वसभापति दिपनकुमार श्रेष्ठ, पार्टीका प्रदेश सदस्य, जिल्लाका विभिन्न नगर तथा गाउँपालिकाका निर्वाचीत जनप्रतिनिधीहरु र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार