मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

असोज २७ गते शनिबार
चिचिलामा अन्तराष्ट्र्रिय साँस्कृतिक सम्मेलन हुने

Sankhuwasabhapress 598+ समाचार ( )
२६ अशोज २०८०, शुक्रबार
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकाको चिचिलामा यहि असोज २७ गते शनिबार अन्तराष्ट्र्रिय साँस्कृतिक सम्मेलन हुने भएको छ ।

सोमबार खाँदबारीमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी दिएको हो । उक्त सम्मेलनमा भारत, अमेरिका र चीन प्रतिनिधीहरुको सहभागिता रहने जानकारी दिइयो । 

उक्त कार्यक्रम चिचिला गाउँपालिकाको आयोजना तथा मकालु साहित्य समाजको संयोजनमा हुन लागेको हो । चिचिला गाउँपालिकाको साँस्कृतिक तथा पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गर्न लागिएको चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्बू शेर्पाले बताए । उनले कार्यक्रममा मुख्य गरि भारत आसामका आदिवासी समुदाय कार्वी कुर्फाे आमेईको साँस्कृतिक टोलीको सहभागिता रहने बताए । 

कार्यक्रममा चिचिला गाउँपालिका भित्रका जातजातिहरुको साँस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने जिल्लाका अन्य स्थानीय तहहरुबाट समेत झाँकी सहितको जनप्रतिनिधीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । 

कार्यक्रममा लोपोन्मुख रहेको हाक्पारे, ठाडो भाका, बिनायो, मुर्चुङ्गा, पिप्पिरी (पात बजाउने) कलाहरु समेत प्रदर्शन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिइन् । कार्यक्रममा स्थानीय उत्पादन तथा खाद्य पदार्थहरुको प्रदर्शनी पनि राखिने अधिकृत राईले बताइन् । 

कार्यक्रमको मुख्य उद्देश्य पर्यटन प्रवर्धन रहेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।  उक्त कार्यक्रम पश्चात आसामका कार्वी समुदाय बार्षिक रुपमा चिचिला गाउँपालिका आउने अध्यक्ष शेर्पाले बताए । हरेक बर्ष हिमालको पुजा गर्ने उक्त समुदायले चिचिला गाउँपालिकाको भुभागबाट मकालु हिमालको पुजा गर्ने भएपछि चिचिला गाउँपालिकाले उनीहरुसँग भगिनी सम्बन्ध विस्तार गर्दै साँस्कृति आदान प्रदान गर्ने नीति लिएको छ । सो अनुरुप अन्तराष्ट्र्रिय साँस्कृतिक सम्मेलनको आयोजना गर्न लागेको पालिका अध्यक्ष शेर्पाले स्पष्ट पारे । 

गाउँपालिकाले पालिका भित्रको उच्च क्षेत्रको भुभाग उपलब्ध (अस्थायी रुपमा) गराउनु पर्ने र सो क्षेत्रमा उनीहरुको धार्मिक संरचना निर्माण गर्ने सहमति भएको छ । सो स्थानबाट हरेक बर्ष कार्वी समुदाय आएर हिमालको पुजा गर्ने  सहमति भएको छ । हरेक बर्ष सय जना भन्दा बढी हिमालको पुजा गर्नकै लागि चिचिला आउँदा त्यस क्षेत्रको स्थानीय उत्पादनले बजार पाउने गाउँपालिकाको अपेक्षा छ । उनीहरुकै माध्ययमबाट पनि पालिकाको प्रचार हुने समेत गाउँपालिकाको अपेक्षा रहेको पालिका अध्यक्ष शेर्पाले बताए ।

कार्यक्रममा नेपाल, भारत, चीन र अमेरिकाका प्रतिनिधीहरुसँग साँस्कृतिक विनिमय हुने भएकोले कार्यक्रमको नाम अन्तराष्ट्र्रिय साँस्कृतिक सम्मेलन राखिएको कार्यक्रमका संयोजक ताराबहादुर बुढाथोकीले जानकारी दिए । उक्त नाम राख्नका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गरिएको समेत बुढाथोकीले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार