मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

भुटानलाई पराजित गरेसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो

Sankhuwasabhapress 607+ समाचार ( )
१७ भाद्र २०८०, आइतबार

१७ भदौ, काठमाडौं । आईसीसी वुमन्स् टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ । भुटानले दिएको ४० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३।२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १२ रनमा अविजित रहिन् । नेपालले ओपनर सीता राना मगर र कविता कुवँरलाई सस्तैमा गुमायो । सीताले ८ रन जोड्दा कविता डकआउट भइन्। अस्मिना कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का डकआउट हुँहा नेपालले सहज लक्ष्य पूरा गर्न पनि संघर्ष गर्नु परेको हो ।

कविता जोशी ९ रनमा क्याच आउट हुँदा पूजा तीन रनमा क्याच आउट भइन् भने विन्दु रावल शून्यमा अविजित रहिन् ।

भुटानको लागि अन्जुली घलेले सर्वाधिक तीन विकेट लिइन् । छिरिङ जाङ्मो,सोनम र अन्जु गुरुङले एकरएक विकेट लिए । त्यसअघि, यूकेएम-वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।

भुटानका लागि कप्तान दिचान वाङ्मोले सर्वाधिक २१ रन बनाइन् । छिरिङ जाङ्मोले ६ रन बनाइन् । नेपालका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । कविता कुँवर र रुबिना क्षेत्रीले समान १र१ विकेट लिए ।

नेपालले सोमबार कतारसँग र बुधबार यूएईसँग खेल्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार