मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

अन्तरपालिका स्तरीय महिला भलिवल, १० टिम भिडर्दै
राष्ट्रिय खेलाडी सहित माल्टामा भलिवल शुरु : सुमित्रा रेग्मी र जेनिशा विश्वकर्मा पनि खेल्दै

Sankhuwasabhapress 628+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

संखुवासभा ।  जिल्लाको खाँदबारी नगरपालिका–५ माल्टामा अन्तरपालिका स्तरीय महिला भलिवल प्रतियोगिता शुरु भएको छ । सो प्रतियोगिताको आकर्षण राष्ट्रिय महिला खेलाडीहरु सुमित्रा रेग्मी र जेनिशा विश्वकर्मा समेत खेलिरहेकी छिन् । 

बुधबार प्रतियोगिताको एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले उद्घाटन गरे । उनले सबै खेलाडीहरुलाई अनुशासित ढंगले प्रतियोगितामा सहभागीता जनाउन अनुरोध गर्दै खेलाडीहरु देशका गहना भएको बताए । संखुवासभाका खेलाडीहरु सुमित्रा रेग्मी र जेनिशा विश्वकर्मा राष्ट्रिय खेलाडी बनेकोमा गर्व लागेको बताउर्दै राम्रा खेल्ने खेलाडीहरुको भविष्य उज्वल रहेको मेयर थपलियाको भनाइ थियो ।

प्रतियोगिताको पहिलो दिन चार वटा खेल सम्पन्न भएका छन् । पहिलो खेल संखुवासभाको चैनपुर नगरपालिका र मोरङको लेटाङ नगरपालिका बीच प्रतिस्पर्धा भएको थियो । चैनपुरले लेटाङलाई २५–१०, २५–११ को सोझो सेटमा नै हराए । 

त्यसैगरि दोस्रो खेल संखुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका बीच भएको थियो । खाँदबारीले षडानन्दलाई २५–७, २५–७ को सोझो सेटमा नै हराए । 

त्यसैगरि तेस्रो खेल संखुवासभाको पाँचखपन नगरपालिका र भोजपुरको आमचौक गाउँपालिका बीच भएको थियो । पाँचखपनले आमचौकलाई २५–१५, २५–७ को सोझो सेटमा नै हराए ।

त्यसैगरि चौथो खेल संखुवासभाको चैनपुर नगरपालिका र संखुवासभाको चिचिला गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो । चैनपुरले चिचिलालाई २५–२, २५–९ को सोझो सेटमा नै हराए । 

राष्ट्रिय खेलाडीहरु सुमित्रा रेग्मी चैनपुर नगरपालिकाबाट खेलिरहेकी छिन् भने नेपाली राष्ट्रिय यु–२० महिला भलिवलका क्याप्टेन जेनिशा विश्वकर्मा खाँदबारी नगरपालिबाट खेलिरहेकी छिन् । उनीहरु आ–आफना नगरपालिकाबाट सहभागीता जनाएका हुन् । उनीका साथै चैनपुर, खाँदबारी र पाँचखपन नगरपालिकाले राष्ट्रियस्तरका नाम चलेका खेलाडीहरु प्रतियोगितामा सहभागी गराएका छन् । 

प्रतियोगितामा मोरङ, भोजपुर र संखुवासभाका गरि १० टिमको सहभागीता रहेको छ । संखुवासभाको १० वटा पालिकामध्ये खाँदबारी, चैनपुर, पाँचखपन, चिचिला, सिलीचोङ र सभापोखरी गाउँपालिकाले सहभागीता जनाएको छ भने मोरङको सुन्दरहरैचा नगरपालिका र लेटाङ नगरपालिका, भोजपुरको आमचौक गाउँपालिका र षडानन्द नगरपालिकाले सहभागीता जनाएको छ । 

खाँदबारी नगरपालिका ५ नम्बर वडा खेलकुद विकास समितिले बाला चतुर्दशी (अधेरी बजार)को पावन अवसरमा आज (बुधबार) देखी माल्टामा शुरु भएको प्रतियोगिता शुक्रबार समापन हुने खाँदबारी–५ का वडाध्यक्ष टंकबहादुर घिमिरेले जानकारी दिए ।

खाँदबारी–५ माल्टामा जन्मिएका भलिवल प्रशिक्षक कुमार राई समेत प्रतियोगितामा आएका छन् । प्रतियोगिताका विजेताले नगद १ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरि सेमिफाइनलिष्ट दुई टिमले नगद २५/२५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार