मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

चैनपुर :
सिद्धकालीमा वडास्तरीय भलिवल खेल प्रतियोगिता हुने

Sankhuwasabhapress 607+ समाचार ( )
२७ कार्तिक २०८२, बिहीबार
  • मोहन कुमार राई 

चैनपुर । संखुवासभाको चैनपुर नगरपालिकास्थित पूर्वकै प्रसिद्ध धर्मिक तीर्थस्थल सिद्धकाली मन्दिरमा बाला चर्तुदशी मेलाको अवसर पारेर वडास्तरीय पुरुष भलिवल प्रतियोगिता गर्ने भएको छ । 

संखुवासभा जिल्लाभरका स्थानीय तहरुका वडाहरु वीच भलिवल प्रतियोगिता हुने भएको हो । अगामी मंसिर २ गते लाग्ने बालाचर्तुदशी मेलामा जिल्लाभरका स्थानीय तहरुका भलिबल खेलप्रेमीहरुलाई लक्षित गरी १० वटै स्थानीय तहका वडाहरु वीच हुने वडा स्तरीय पुरुष भविल प्रतियोगिताको आयोजना गरेको छ । 

चैनपुर नगरपालिका वडा नं. ३ ले वडाध्यक्ष कप फुटवल प्रतियोगिता समेत रहेको बाला मेला आयोजक समितिका अध्यक्ष बलबहादुर अधिकारीले बताए । यसवर्ष रात्रिकालीन मेलामा लोकसाँस्कृतिक कार्यक्रम नगरिने तर धार्मिक प्रकृतिका सम्पूर्ण कार्यक्रमहरु यथावत रुपमा सञ्चालन हुने समेत मेला आयोजक समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । 

भलिवल खेलमा प्रथम हुने टिमलाई ४० हजार, द्धितिय पुरस्कार २५ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु २ हजार नगद साथै  ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजक समिति सदस्य मोहन कुमार खत्रीले जानकारी दिए । 

वाला मेला नजिकिएसँगै बुधबार सशस्त्र प्रहरीको एक टोलीले धार्मिक तिर्थस्थले सिद्धकाली मन्दिर परिसर सरसफाई गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल ४ नं गुल्म हे.क्वा.अरुण संखुवासभाका प्रहरी ना.उ. बाबुराम पौडेलको नेतृत्वमा खटिएको टोलीले बुधबार विहान सिद्धकाली मन्दिर परिसरमा सरसफाई गरेको हो । बालाचतुर्दशी मेलाको पूर्वसन्ध्यामा मन्दिर परिसर क्षेत्रमा सरसफाई गरी सामाजिक रचनात्मक काम गरेर वालामेलाको आगमनलाई निम्तो गरेको छ । 

आफ्ना पितृहरुको नाममा रातभर जाग्राम वसी विहान सतविज छर्ने परम्परा अनुसार आयोजना भएको यो बाला मेला २ गते बाट शुरु हुने र ३ गते विहान कैलाश डाँडामा सतविज छरेर बालामेला समापन गरिने मेला आयोजक समितिले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार