मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#विश्वकर्मा पुजा
खाँदबारी नगरपालिकाले धुमधामका साथ मनाए विश्वकर्मा पुजा

Sankhuwasabhapress 628+ समाचार ( )
१ अशोज २०८१, मङ्गलबार

संखुवासभा । जिल्लाका खाँदबारी नगरपालिकाले आज अर्थात् आश्विन संक्रान्तिका दिन वास्तु तथा विश्वकर्माको पूजा आरधना गरिएको छ ।

विश्वकर्मा वावाको मन्दिर पुगेर अथवा फोटो राखेर प्रत्येक असोज १ गते विश्वकर्मा पूजाको आरधना गर्ने प्रचलन अनुसार खाँदबारी नगरपालिकाले धुमधामका साथ पूजा आरधना गरेको हो । खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य र प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले पालिकाको आँगनमा बाह्मणद्धारा विश्वकर्मा वावाको पूजा आरधना गरेका थिए । सो कार्यक्रममा नगरपालिका प्रशासकीय अधिकृत दिनेश कट्टेल, सामाजिक विकास अधिकृत खेमराज निरौला लगायत सवारी चालक लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । 

आफ्नो कार्यालयमा रहेको सवारीसाधान तथा मेशनरी औजार उपकरणबाट कुनै पनि दुर्घटना र भवितब्य नहोस् भन्ने कामनाका साथ विश्वकर्मा वावाको पूजाआरधना गरिएको उपमेयर बज्राचार्यको भनाइ छ । विगतमा झै बर्सेनि यसबर्ष पनि पूजा आरधना गरिएको उनको भनाइ छ । अहिले खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया संयुक्त राज्य अमेरिकाको सुपेरियर सिटीको निमन्त्रणामा कार्यक्रममा सहभागी हुन अमेरिका गएका छन् । 

खाँदबारी नगरपालिकाका साथै जिल्लाका जिल्ला समन्वय समिति लगायत सबै सरकारी कार्यालयले विश्वकर्मा वावाको पूजाआरधना गरेको पाइएको छ भने औजार उपकरण प्रयोग गर्ने प्रत्येक ब्यक्तिले समेत विश्वकर्मा वावाको पूजा आरधना गर्ने गरेका छन् । 

आफ्नो कार्यालयमा रहेका सवारी साधान र मेशनरी चीजहरुको पूजा गर्दै विश्वकर्मा वावाको पूजा आरधना गरिएको हो । आ–आफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, औजारलगायतका सामाग्रीहरुको पूजा गरी विश्वकर्मा वावाको पूजा गरी मनाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्र मन्थनमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

शिल्प संकाय, कारखाना, उद्योगहरूमा भगवान विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा मनाउने गरिन्छ । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार