मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

वाणिज्य संघ :
संखुवासभा उद्योग वाणिज्य संघको १७ औं जिल्ला अधिबेसन शुरु

Sankhuwasabhapress 628+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

संखुवासभा । उद्योगी ब्यापारीहरुको साझा संस्था संखुवासभा उद्योग वाणिज्य संघको १७ औं साधारणसभा तथा जिल्ला अधिबेसन खाँदबारीमा शुरु भएको छ । 

मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रम बीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा प्रमुख अतिथी अञ्जन कुमार श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अञ्जन कुमार श्रेष्ठले राज्यको अर्थ ब्यबस्था कमजोर भइरहेको समयमा निजी क्षेत्रलाई सँगसँगै समेटेर लैजानुपर्ने धारणा राखे । संखुवासभाको अरुण नदीबाट धेरै विद्युत्त उत्पादन गर्न सकिने बताउर्दै निजी क्षेत्र सद्धैव लगानी गर्न तयार रहेको र लगानी गर्ने वातावरण राज्यले नै बनाउनुपर्ने उनले बताए । 

संखुवासभा उद्योग वाण्ज्यि संघका अध्यक्ष कृष्णभगत प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमखहरु, बैकिङ क्षेत्रका ब्यक्तिहरु, कर कार्यालय, उद्योगी ब्यापारीका साथै संचारकर्मीहरुको उपस्थिती रहेको थियो । 

संखुवासभा उद्योग वाण्ज्यि संघका महासचिव सरोज बज्राचार्यले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा केन्द्र, प्रदेश महासंघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका पाहुनाहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो । 

वाणिज्य संघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने भएकाले अब उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष डेगराज बस्नेत अध्यक्ष बन्ने निश्चित छ भने महासचिव लगायतका अन्य पदहरुमा निर्वाचन हुन सक्ने देखिएको जनाएको छ । सहमती बने बुधबार निर्वाचन हुने संघले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार