मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#तरुण दल
सभापोखरी तरुण दलद्धारा सडकको दायाँबायाँ बृक्षारोपण

Sankhuwasabhapress 628+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

संखुवासभा । नेपाली काँग्रेसका भातृसंगठन नेपाल तरुण दल सभापोखरीले सडक वरपर बृक्षारोपण गरेको छ । शनिबार तरुण दलको अगुवाईमा सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारको भोटीखोला पुलबाट सभाखोला पुलसम्म करिब एक किमि पक्की सडकको दायाँबायाँ स्वामीको विरुवा रोपिएको हो । त्यसका साथै तरुण दलले सडक सरसफाई समेत गरेको थियो ।

उक्त बृक्षारोपण कार्यक्रममा सभापोखरी गाउँपालिकाका अध्यक्ष भीम सिङ्था लिम्बू र उपाध्यक्ष लक्ष्मी चापागाई लगायतको समेत उपस्थिती रहेको थियो । त्यसैगरि बाह्रबिसे प्रहरी चौकीका प्रहरीहरु, सभापोखरी गाउँपालिका भित्रका तरुण दलमा आबद्ध तरुण सदस्यहरुको समेत बृक्षारोपण कार्यक्रममा सक्रियतापूर्वक सहभागीता जनाएका थिए । नेपाल तरुण दलका जिल्ला सदस्य प्रेम लिम्बूले बृक्षारोपण कार्यक्रमको संयोजन गरेका थिए । 

तरुण साथीहरुलाई एकजुट बनाउर्दै रचनात्मक तवरले राष्ट्रनिर्माणमा योगदान पु-याउन सकियोस भन्ने सोचले बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको नेपाली काँग्रेस सभापोखरीका सचिब बिश्वनाथ राईले बताए । उनले केही न केही सकारात्मक काम गर्नुपर्छ भन्ने सोचले बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको बताए । 

बाह्रबिसे—धुपु खाँदबारी सडकखण्डको भोटीखोला पुलबाट सभाखोला पुलसम्म गाउँपालिकाको आफनै लगानीमा सडक कालोपत्रे गरिएको छ । सभापोखरीका तरुण दल निकै सक्रिय रहेको छ । गत ०८० फागुन २४ देखि २८ सम्म अन्तरपालिकास्तरीय पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिताको समेत आयोजना गरेको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार