मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |
मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

मादी - ३
विनोद माविको ७३ औँ वार्षिकोत्सव सम्पन्न

Sankhuwasabhapress 607+ समाचार ( )
१० पौष २०८१, बुधवार

संखुवासभा । जिल्लाको मादी नगरपालिका वडा नं. ३ मा रहेको विनोद माध्यमिक विद्यालय मूलखर्कको ७३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । 

विद्यालयको वार्षिक उत्सवको अवसरमा विभिन्न विधामा खेलकुद तथा सांगितिक प्रतियोगितात्मक कार्यक्रमको आयोजना गर्दै ७३ औं वार्षिकोत्सव पौष ८ गते सम्पन्न गरेको थियो । वार्षिकोत्सव समारोहमा विद्यालयको स्थापनाकालमा संस्थापक प्रधानाध्यापक भई विद्यालय स्थापना गर्न खेलेको स्मरण स्वरुप चैनपुर ६ निवासी स्व. सूर्यलाल श्रेष्ठका छोरा उत्तम श्रेष्ठ सहित परिवारजनलाई सम्मान गरेको छ । 

विद्यालयलाई आफ्ना बुबाले शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको स्मरण गर्दै उनका सन्ततीले समेत बुबाको इच्छा अनुसार शिक्षा क्षेत्रमा अक्षयकोष स्थापना गरी असहाय असक्त, गरिव, जेहेन्दार विद्यार्थीमा अध्ययन कार्यमा सहजता पुगोस् भन्ने उदेश्यले विनोद मा.वि. मूलखर्क मादी–३ मा १ लाख १ हजार १ सय ११ रुपैंयाको अक्षयकोष छोरा उत्तम श्रेष्ठ बुहारी प्रगति श्रेष्ठ, नाती रिजन श्रेष्ठलाई लवकुमार श्रेष्ठको उपस्थितिमा सो अक्षयकोष विद्यालयमा स्थापना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिकबहादुर गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाहरुलाई स्टेसनरी सामग्री समेत सूर्यलाल श्रेष्ठका छोरा उत्तम श्रेष्ठले वार्षिकोत्सवका अवसरमा हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा आफ्ना बुबा आमाको संझनामा जसबहादुर गुरुङ सहित उहाँका स–परिवारले ६० हजारको अक्षयकोष समेत वार्षिकोत्सवको अवसरमा खडा गरेका थिए । यसैगरी योगराज दाहालले समेत आफ्ना बुबा आमाको सम्झनामा नै १० हजारको अक्षय कोष स्थापना गरेका थिए । 

वार्षिक उत्सव कार्यक्रममा विद्यालयको शैक्षिक तथा आर्थिक र भौतिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक होमनाथ प्याकुरेलले प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्यता मादी नगरपालिकाका नगर उपप्रमुख सुनिता दाहालले गरेका थिए । विद्यालयको वार्षिक उत्सव उद्घाटन गर्दै उपप्रमुख दाहालले प्रविधिमैत्री गुणस्तरीय र व्यवहारिक शिक्षा आजको आवश्यकता भएको स्मरण गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताए । 

कार्यक्रममा कोशी प्रदेशसभा पूर्वसांसद सरीता खड्काले शिक्षा क्षेत्रमा यो विद्यालयले खेलेको भूमिकाको स्मरण गर्दै यहाँबाट उत्पादन भएका विद्यार्थी देशमै महत्वपूर्ण भूमिकामा पुग्न सफल भएको बताउँदै आगामी दिनमा थप उर्जाशिल भएर प्रविधिमैत्री शिक्षा आर्जन गर्न विद्यालयको शैक्षिक उन्नयनमा सरोकार पक्षलाई लाग्न सुझाइन् । 

कार्यक्रममा पूर्व प्रअहरुको तर्फबाट यस विद्यालयमा लामो समयसम्म काम गर्नु भएका पूर्व शिक्षक शान्तिकुमार दाहाल, वडा नं. ३ का वडा अध्यक्ष रामबहादुर गुरुङले समेत विद्यालयको शैक्षिक क्षेत्रलाई चुस्त दुरुस्त राख्दै विद्यालयको भौतिक, आर्थिक र शैक्षिक क्षेत्रलाई सुधार गर्न आफू लागि पर्ने बताए । 

वार्षिक उत्सव कार्यक्रममा विद्यालयमा उल्लेखनीय योगदान पु¥याउनु हुने शिक्षा क्षेत्रका अगुवा व्यक्तित्व गेहनाथ घिमिरेलाई समेत सम्मान गरिएको सो कार्यक्रममा विद्यालयमा लामो समय कार्यरत शिक्षक बालकृष्ण निरौला, निजी क्षेत्रबाट विद्यालयलाई उल्लेखनीय योगदान गर्ने शिक्षक हितेस जिमीलाई समेत विद्यालयले सम्मान गरेको थियो ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार