मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

खाँदबारी नगरपालिका :
खाँदबारीको बसपार्कमा यातायात काउण्टर उदघाटन

Sankhuwasabhapress 607+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

संखुवासभा । खाँदबारी नगरपालिका–१ बसपार्क क्षेत्रमा सडकमा अब्यवस्थित रुपमा रहेका काउण्टर आइतबार देखि ब्यवस्थित गर्ने काम शुरु भएको छ ।

यातायातको साधनको बाक्लो चाप र अब्यबस्थित रहेको सडक ढाक्ने गरि संचालनमा रहेका टिकट काउण्टरहरु ब्यवस्थित गर्न शुरु गरिएको हो । सडकमा रहेको काउण्टरका कारण दुर्घटनाको जोखिम बढेको, यात्रुलाई सेवा प्रवाहमा समस्या भएको र फोहोरमैलाले सौन्दर्य बिगारेको भन्दै बसपार्क क्षेत्रमै टिकट काउण्टरलाई ब्यवस्थित गरिएको हो ।

आइतबार बिहान एक कार्यक्रमको आयोजना गर्दै खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले उक्त काउण्टरहरुबाट सेवाप्रवाह शुरु गरिएको घोषणा गरे । बसकाउण्टरहरु अब्यवस्थित हुँदा दुर्घटनाको जोखिम बढेको र सडक साँघुरो र घुइचो हुँदा यात्रु र सेवाग्राहीलाई समस्या भएकाले यसलाई थप ब्यवस्थित गर्न काउण्टर सारिएको उनले बताए । 

उदघाटन कार्यक्रमलाई सम्बोधनका क्रममा खाँदबारी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष निरञ्जन श्रेष्ठले बसपार्क क्षेत्रको सुधारका लागि वडा र नगरले आगामी दिनमा थप कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका थिए ।

त्यसैगरि खाँदबारी बसपार्कका जग्गादाता चक्र बहादुर विसुन्खेले धेरै बर्षअघि आफुले दिएको जग्गामा बसपार्क स्थापना गरि ब्यवस्थित भएकाले थप सुधारका लागि पहल गर्न खाँदबारी नगरपालिका र वडा नं. १ समक्ष आग्रह गरेका थिए । उनले बसपार्क ब्यबस्थित बनाइ यात्रुहरुलाई सहज आवातजावात गर्ने वातावरण बनाउनुपर्ने आग्रह गरे। 

कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का, संखुवासभा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष संजिवकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायतको उपस्थिति रहेको थियो ।

बस काउण्टर ब्यवस्थापन समितिका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा भएको कार्यक्रम खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले संचालन गरेका थिए । 

फोटो : सुरेन शाक्य

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार