मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

भोटखोला :
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित

Sankhuwasabhapress 628+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

संखुवासभा । भोटखोला गाउँपालिकाको शिक्षा क्षेत्रको विकासमा टेवा पुर्‍याएको भन्दै दुई शिक्षासेवीलाई सम्मान गरिएको छ । 

गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा पु‍र्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै भोटखोला भोट कल्याण समाजले किङसन लामा र तेन्जिन डुक्पा लामालाई सम्मान गरेको हो ।

सदरमुकाम खाँदबारीमा आइतबार आयोजित विशेष सम्मान कार्यक्रममा समाजका अध्यक्ष रोकाछेदर भुलुङ भोटेले सम्मानपत्र प्रदान गर्दै दुर्गम भोटखोला क्षेत्रमा वर्षौंसम्म समर्पित भएर शिक्षा सेवामा योगदान पुर्‍याउने शिक्षकहरूको सम्मान गर्नु समाजको गौरवको विषय भएको बताए । अध्यक्ष भोटेले शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएकाले दुर्गम क्षेत्रमा कठिन परिस्थितिका बीच निरन्तर सेवा पुर्‍याउने शिक्षकहरू सम्पूर्ण समुदायका प्रेरणाका स्रोत रहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि शिक्षा, भाषा, संस्कृति तथा सामाजिक विकासका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मानलाई निरन्तरता दिइने जानकारी दिए ।

सम्मानित हुने मध्ये किङसन लामाले शिक्षक तथा प्रधानाध्यापकका रूपमा लामो समय सेवा गर्दै विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार, विद्यार्थीमैत्री वातावरण निर्माण तथा दुर्गम क्षेत्रमा शिक्षाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै अर्का तेन्जिन डुक्पा लामाले पनि उत्तरी भोटखोलाका दुर्गम विद्यालयहरूमा इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ शिक्षकका रूपमा लामो समय सेवा गर्दै हजारौँ विद्यार्थीको भविष्य निर्माणमा योगदान पुर्‍याएका थिए ।

भोटखोला भोट कल्याण समाजले प्रदान गरेकोे सम्मानपत्रमा शिक्षा क्षेत्रको उन्नति, विद्यालय विकास, विद्यार्थीलाई प्रेरणा प्रदान गर्ने कार्य तथा समाजमा शिक्षाको महत्व स्थापित गर्न उनीहरूले पुर्‍याएको अथक परिश्रम, समर्पण र सेवाभाव सम्पूर्ण भोटखोला समुदायका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरिएको छ ।

कार्यक्रममा समाजका पदाधिकारी, भोटे समुदायका अग्रज, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मानित शिक्षकद्वयले आफूहरूले पाएको सम्मानलाई सम्पूर्ण शिक्षक समुदायप्रतिको सम्मानका रूपमा ग्रहण गर्दै आगामी दिनमा पनि शिक्षा र समाजको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार