मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |
मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

भानु जयन्ती :
संखुवासभामा २११ औं भानु जयन्ती मनाईयो

Sankhuwasabhapress 628+ समाचार ( )
३० असार २०८२, सोमबार

संखुवासभा । मकालु साहित्य समाजको आयोजना तथा खाँदबारी नगरपालिका वडा नं. १ को ब्यवस्थापनमा संखुवासभाको सदरमुकाम खाँदबारीमा साहित्यिक गोष्ठीको आयोजना गरि २११ औं भानु जयन्ती मनाईएको छ ।

असार २९ गते आइतबार २११ औं भानु जयन्ती मनाईएको हो । समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीको सभापतित्व तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको भानुजयन्ती कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रका करिव एक दर्जन कवि तथा साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै आफ्ना कबिताहरु बाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार ताराबहादुर बुढाथोकी, कृष्ण चापागाईं, तारा घिमिरे, सुलोचना शर्मा, लेखक तथा साहित्यकार धर्म चापागाईं, सनम थापा, ध्रुव डिवान, सुमन अधिकारी लगायतले आफ्ना मौलिक रचनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, खाँदबारी नगरपालिका वडा नं. १ का अध्यक्ष निरञ्जन श्रेष्ठ, सर्जक तथा गितकार बिरेश राई, जिल्ला समन्वय प्रमुख सुमन शाक्य लगायतले शुभकामना मन्तब्य प्रकट गरेका थिए ।

आदिकवी भानुभक्त आचार्यको २११ औं जन्म जयन्तिलाई सम्बोधन गर्दै जिल्ला समन्वय प्रमुख सुमन शाक्यले आदिकवि आचार्यले नेपाली भाषा साहित्यलाई जनजनमा सरल भाषामा देश बिदेशमा पुर्याउन ठुलो योगदान पुर्याएको स्मरण गर्दै आचार्यलाई आदिकविका रुपमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउने काममा मोतिराम भट्टको योगदान समेत स्मरणीय रहेको धारणा राखे । भानुभक्त आचार्यले लेखेको घाँसी कविताले वर्तमान समाजका हरेक ब्यक्तिलाई निश्वार्थ र सामाजिक दायित्व सहित अजर अम्मर बन्न उत्प्रेरित गरिरहेको बताएका थिए ।

आगामी दिनमा भानु जयन्ती अझै थप भब्य रुपमा मनाउन आग्रह गर्दै शाक्यले कला, धर्म भाषाभासिकाको बिकास र प्रवर्धनका लागि सबै पक्षले आफ्नो दायित्व पुरा गर्नूपर्ने बताएका थिए ।

कार्यक्रममा समापन मन्तब्यका क्रममा मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले झोला कविता प्रस्तुत गर्दै सबैले संकिर्ण भएर दलको झोला बोक्नुपर्ने परिस्थीतिप्रति ब्यंग्यात्मक प्रस्तुति गर्दै सबै क्षेत्रले आफ्ना पेशा र सामाजिक दायित्वको झोला बोक्न आवश्यक भएकोमा जोड दिएका थिए । आगामी दिनमा कला, साहित्य लगायतका श्रृजनात्मक क्षेत्रलाई राज्य र स्थानीय सरकारले महत्व दिनुपर्ने साहित्यकार बुढाथोकीको भनाई थियो ।

असार २९ गते १८७१ मा तनहुँ जिल्लाको चुँदीरम्घामा जन्मिएका भानुभक्त आचार्यले बाल्मिकीद्धारा लिखित संस्कृत भाषाको रामायणलाई नेपालीमा उल्था गर्नूका साथै भक्तमाला, बधुशिक्षा, प्रश्नोत्तर, घाँसी आदिजस्ता अम्मर साहित्यक श्रृजनाहरु दिलाएका थिए ।

मकालु साहित्य समाजले जिल्लाको साहित्यिक क्षेत्रको बिकास र प्रवर्धनका लागि जिल्लामा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दैआएको छ ।

मकालु साहित्य समाज संखुवासभाको आयोजना तथा खाँदबारी नगरपालिका १ नं. वडा कार्यालयको ब्यवस्थापनमा खाँदबारी सथित भानु चोकमा २ सय ११औ भानु जन्म जयन्ति भब्य रुपले मनाईएको छ । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संखुवासभाका कवि तथा साहित्यकारहरुले आदिकवी भानुभक्तले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदान स्मरण गर्दै आ आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार