मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

तीन दिने प्रथम भोटखोला महोत्सव सम्पन्न :
‘आगामी आर्थिक वर्षको अन्त्य सम्म किमाथांका सम्म बाटो पुग्छ : उपप्रधानमन्त्री महासेठ’

Sankhuwasabhapress 598+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

संखुवासभा । नेपाल सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१ को अन्त्य सम्ममा किमाथांका सम्म सडक पुग्ने बताएका छन् ।

आइतबार संखुवासभाको भोटखोला गाउँपालिकामा आयोजित ‘प्रथम भोटखोला महोत्सव’ मा उपप्रधानमन्त्री महासेठले यस्तो बताएका हुन् । यसअघि नै आफू उपप्रधानमन्त्री भएको बेला सडक खोल्न नेपाली सेनालाई दिएको स्मरण गर्दै महासेठले उक्त आयोजनाको लागि बजेट अभाव नभएको उल्लेख गरे । 

उक्त कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथांका नाका खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

संखुवासभा आएका मन्त्रीका टोलीले किमाथांका नाका र कोशी ल्हासा राजमार्गको समेत अवलोकन गरेका थिए । उनीहरु भोटखोला गाउँपालिकाको आयोजनामा चैत्र ९ गतेदेखि शुरु भएको प्रथम भोटखोला गाउँपालिका महोत्सवको समापन समारोहमा सहभागी हुन संखुवासभा आएका हुन् । 

कार्यक्रममा उपस्थित मन्त्रीद्वयलाई गाउँपालिका अध्यक्ष वाङछेदर लामाले गाउँपालिकाको विकासका लागि मागपत्र पेश गरेका थिए ।

भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सव चैत्र ९ देखि ११ सम्म गाउँपालिकाको केन्द्र हटियामा आयोजना भएको थियो । महोत्सवमा जातीय संस्कृति झल्कने खेल तथा प्रर्दशनी, लामा बिजुवा, खेन्डम, झाँकी, कृषि प्रदर्शनी राखिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले बताए । त्यसका साथै महोत्सवमा रैथाने खाद्य परिकारहरुको प्रर्वद्धन, जडिबुटि तथा रैथाने उत्पादनको प्रर्दशनी, भोटे जातिको संस्कृति झल्कने दच्चि (आर्चरी) तथा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

जातीय भोटे स्याव्रो, तामाङ् सेलो, याम्फुहरुको संस्कृति लगायतको प्रस्तुति रहेको थियो। स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले समेत महोत्सवको आयोजना गरिएको गाउँपालिकाको भनाइ छ ।

कार्यक्रममा कोशी प्रदेस सामाजिक बिकास मन्त्री राजेन्द्र कार्की र जिल्ला समन्वय प्रमुख सुमन शाक्य, नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख (डियसपी) घनश्याम श्रेष्ठ लगायतको उपस्थिति रहेको छ । कार्यक्रममा राजनैतिक दल र स्थानीयको ब्यापक जनसहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार