मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

स्वास्थ्यसम्बन्धी गतिविधि :
स्वास्थ्य क्षेत्रको प्रद्वर्वन गर्न कोशी प्रदेशका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sankhuwasabhapress 628+ समाचार ( )
२६ असार २०८२, बिहीबार

संखुवासभा । स्वास्थ्य प्रवर्द्धनको उद्देश्यले कोशी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रम मिति २०८२ साल असार २५ गते पाख्रीबासस्थित ह्याङआउट रिसोर्ट एन्ड होटल मा सम्पन्न भएको हो। 

कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाले आर्थिक वर्ष २०८१र८२ मा कोशी प्रदेशभरि सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी गतिविधि, स्वास्थ्य सेवाको वर्तमान अवस्था, स्वास्थ्य संस्थाहरूको भौतिक तथा सेवा स्थिति लगायत विषयमा विस्तृत छलफल गरिएको थियो। 

कार्यक्रममा निर्देशनालयले बर्षभरी गरेका गतिविधि जनस्वास्थ्य अधिकृत स्मृति लुईटेल ले सार्वजनिक गर्नुभएको थियो।

कार्यक्रममा प्रदेशभरिका सञ्चारकर्मीहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, सुधारका सम्भावना, सञ्चार माध्यमको भूमिकालगायत महत्वपूर्ण विषयमा प्रश्नोत्तर तथा सुझाव राखेका थिए।

स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेतले  सञ्चारकर्मीहरूसँग सहकार्य गर्दै आगामी दिनमा स्वास्थ्य सेवा प्रवर्द्धनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार