मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

चैनपुर नगरपालिका :
चैनपुरको सरस्वती माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना

Sankhuwasabhapress 607+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार
  • मोहनकुमार राई 

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–६ स्थित रहेको सरस्वती माध्यमिक विद्यालयको ८८ औं वार्षिकोत्सवको अवसरमा आफ्ना स्वर्गीय मातापिता टेकबहादुर र मोहनीकला थापाको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ ।

आफुले अध्ययन गरेको विद्यालयमा स्वर्गीय बुबाआमाको नाममा १ लाख राशीको अक्षयकोषको स्थापना गरी विद्यालयको शैक्षिक उन्नयनका लागि विद्यालयमा अध्ययन गर्ने विपन्न, गरिब, जेहेन्दार छात्र÷छात्राहरुलाई यसको व्याजबाट छात्रवृत्ति उपलब्ध गराउने गरी विद्यालयको वार्षिकोत्सवको अवसरमा समाजसेवी चैनपुर नगरपालिका–५ हाल विराटनगर महानगरपालिका–८ निवासी वीरेन्द्रकुमार थापा र अम्बिकादेवी थापाले अक्षयकोष स्थापना गरेको विद्यालयको प्रधानध्यापक गोविन्दमान तामाङले जानकारी दिए ।

समाजसेवी थापाले ५६ वर्ष पछि आफू पढेको विद्यालयलाई सम्झेर अक्षयकोष स्थापना गर्दै यो अक्षयकोषलाई थप गर्दै लगिने समेत प्रतिवद्धता विद्यालयको वार्षिकोत्सव समारोहमा मन्तव्य दिने क्रममा अभिव्यक्त गरेका थिए । यसअघि थापाले विराटनगरस्थित हरिहर मन्दिर मधुमारालाई समेत मन्दिर पूजा व्यवस्थापनका लागि १ लाख २७ हजारको अक्षयकोष स्थापना गरेको अक्षयकोष दाता थापाले बताए । 

धार्मिक रुपबाट निमार्की वैष्णव धर्मालम्बी ७४ वर्षिय थापा २०७० सालमा जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुर गाईघाटबाट सेवानिवृत्त भई अहिले सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् । विद्यायको ८८ औं वार्षिकोत्सव कोशी प्रदेशसभा संखुवासभा (२) सांसद विदुर लिंथेपले वार्षिकोत्सवको उद्घाटन गरेका थिए । 

कार्यक्रममा विशिष्ट अतिथि कोशी प्रदेश पूर्वमन्त्री तुलसीप्रसाद न्यौपानेले अक्षयकोष दाता थापालाई विद्यालयले गरेको सम्मानपत्र हस्तान्तरण गर्दै शैक्षिक क्षेत्रमा गरेको लगानीको मुक्तकण्ठले प्रशंसा गरेका थिए । कार्यक्रममा सांसद विदुर लिंथेपले विद्यालयको प्राङगडलाई धुलोरहित बनाउन आफु प्रतिवद्ध रहेको बताउँदै यस कार्यका लागि प्रदेश सरकार लागि पर्ने बताए ।

वार्षिकोत्सव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापक गोविन्दमान तामाङले आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विभिन्न दाताहरुले स्थापना गरेको अक्षयकोषको रकम विभिन्न विधामा छात्र÷छात्राहरुलाई हस्तान्तरण गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा विद्यालयमा विभिन्न क्षेत्रबाट योग्दान गर्ने दाताहरुलाई समेत सम्मान गरिएको थियो  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार