मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

खानेपानी
खाँदबारी खानेपानी संस्थाको अधिबेसन स-र्यो, पाँच सदस्यीय विधान मस्यौदा समिति गठन

Sankhuwasabhapress 598+ समाचार ( )
९ पौष २०८०, सोमबार

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा संचालनमा रहेको खाँदबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अधिबेसन सरेको छ ।

पुस ५ गते बिहिबार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो साधारणसभा तथा अधिबेसन गर्ने भनी पत्राचार गरि सकेपनि कस–कसलाई मताधिकार दिने भन्ने बिषयमा अन्यौलता भएपछि बुधबार खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाको अग्रसरतामा सर्वदलीय र सर्वपक्षीय भेलाको आयोजना गरिएको थियो । खाँदबारी खानेपानी संस्थाले अधिबेसन गर्न विधानका कारण समस्या भएको भन्र्दै खाँदबारी नगरपालिकालाई सर्वदलीय र सर्वपक्षीय भेला गरिदिन माग पनि गरेका थिए । 

उक्त भेलालाई सम्बोधन गर्दै खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई अगाडी बढाउन, लथालिंग भएको खानेपानी संस्थालाई सहि ट्रयाकमा ल्याउन खाँदबारी नगरपालिका लागिरहेको बताए । उनले नगरबासीलाई पानी महशुल महङगो भएकै कारणले गत साउन देखि ५० प्रतिशत खाँदबारी नगरपालिकाले ब्यहोरी रहेको अझै संस्था राम्ररी चले ३० देखिी ४० प्रतिशत मात्रै उपभोक्तालाई महशुल शुल्क लिन सकिने स्पष्ट पारे । ‘अहिलेलाई अधिबेसन सम्पन्न गर्न विधानमा केही समस्याहरु देखिएकाले त्यसको समाधान गर्न विधान मस्यौदा समिति बनाई त्यसको प्रतिवेदनको आधारमा विधान पास गरेर मात्रै अधिबेसन गर्न उपयुक्त देखिएको हुदाँ सरोकारवाला सबैलाई निमन्त्रणा गरिएको गरिएको हो । हामी सबैको चुल्हो चौका सम्म अनिवार्य रुपमा खानेपानी चाहिने भएकाले यो संस्थालाई राम्रो बनाउन सबैसँग अनुरोध गर्दछु ।’—मेयर थपलियाले भने । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, जिसस उपप्रमुख वविता खत्री अधिकारी, खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, खाँदबारी नगरपालिकाका निवर्तमान मेयर÷उपमेयर मुरारीप्रसाद खतिवडा र डेगेश्वरी श्रेष्ठ, खाँदबारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकमणी घिमिरे, राजनैतिक दलको तर्फबाट नेपाली काँग्रेसका कार्यवहाक सभापति अन्नतकुमार गौली, नेकपा एमालेका अध्यक्ष जेवि घिमिरे, माओबादी केन्द्रका दलबहादुर विश्वकर्मा, नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य हेमराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक भक्तनारायण श्रेष्ठ, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कृष्णप्रसाद तामाङ, राप्रपाका जिल्ला सचिव प्रमोद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी, जनप्रतिनिधीहरु खाँदबारी १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, ७ नम्बरका वडाध्यक्ष देवबहादुर मगर, ३ नम्बरका वडाध्यक्ष भरतकुमार घिमिरे, नागरिक समाज लगायतका उपस्थिती रहेको थियो । 

उक्त भेलामा उपस्थित अधिकाँस प्रायले विधानका कारण अधिबेसन सम्पन्न गर्न समस्या भएको निष्कर्ष निकालेपछि खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधी, नागरिक समाजको तर्फबाट जीवनाथ खनाल, नगरको कानुनी सल्लाहकार किरणकुमार शाक्य र खाँदबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सदस्य सचिव रहने गरी पाँच सदस्यीय समिति गठन गरेको छ । सो समितिले दिएको प्रतिवेदनको आधारमा पुनः सर्वपक्षीय र सर्वदलीय भेलाले पास गरेपछि मात्रै अधिबेसनको मिति तय गर्ने निर्णय गरेको छ ।

२०६७ सालमा सदरमुकाम खाँदबारी र आसपास क्षेत्रमा स्वच्छ खानेपानी वितरण गर्ने उद्धेश्यको साथ खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था गठन भई शुरुवात भएको आयोजना हो । सो समितिले एसियाली विकास बैंक (खाँदबारी नगर विकास कोष) जमानी बसेर २२ करोड रुपैया साँवा ऋण लिएको थियो । अहिले सो रकम तिर्न मात्रै करिब २५ करोड रुपैया ऋण छ ।  योजना सम्पन्न गर्न कुल लागत ४५ करोड १ लाख ५५ हजार खर्च भएको थियो ।

खाँदबारी नगरपालिकाको नगर विकास कोष र एसियाली विकास बैंक (एडिवी)बाट ५० प्रतिशत अनुदान, ४५ प्रतिशत ऋण र ५ प्रतिशत स्थानीय उपभोक्ताबाट रकम संकलन गरि आयोजनाको शुरुवात गरिएको थियो । ३५ सय घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्यले शुरु गरिएपनि हाल २२ सय मात्रै उपभोक्ता रहेका छन् । 

खाँदबारी देखि ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ माङसिमाको सिमाली खोलाबाट खानेपानी ल्याइएको थियो । अहिले मांसिमाबाट ल्याएको खानेपानी खाँदबारी आएको छैन् । पछिल्लो समय खाँदबारी–४ स्थित सेकाहाको महाभीर, छवया र भ्याङ्खोला मुहानबाट खाँदबारीमा खानेपानी आपूर्ति गरिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार