मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

धर्मदेबी नगरपालिका :
जन्मदिनको अवसरमा पत्रकार दुर्गेशले गरे शैक्षिक सामग्री वितरण

Sankhuwasabhapress 628+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

संखुवासभा । संखुवासभाका पत्रकार दुर्गेश पौडेलले जन्मदिनको अवसर पारेर विधार्थिलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

जिल्लाको धर्मदेबी नगरपालिका वडा न. ६ स्थित विस्वज्योती आधारभुत बिधालयका विधार्थिहरु लाई पत्रकार पौडेलले एक कार्यक्रमका बिच सम्पुर्ण विद्यार्थीहरुलाई एक बर्ष पुग्नेगरी शैक्षिक सामग्री वितरण गरेका हुन् ।

सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बढाउनको लागि साथै विधार्थिलाई हौसला प्रदान गर्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।

हरेक बर्षको जन्मदिनमा वडा न. ६ का कुनै एक सामुदायिक बिधालयका सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम राखेको र यो बर्ष वडाको माथिल्लो क्षेत्रमा रहेको बिधालयका सम्पुर्ण २१ जना विद्यार्थीहरुलाई प्रत्येकलाई एक दर्जन कापी र एक दर्जन डटपेन गरि  ६ हजार सात सय बीस रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरिएको पौडेलले जानकारी दिए।

सानो बिधालय भएपनि बिधालयका बिद्यार्थीलाई लगभग एक बर्ष पुग्ने शैक्षिक सामग्री वितरण गरेर विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुर्याएको भन्दै बिधालयका प्र।अ गायत्र महतले आभार प्रकट गरे । 

कार्यक्रममा उपस्थित बिधालय व्यवस्थापन समिती अध्यक्ष दावा लामा साथै उक्त टोल बिकास संस्थाका अध्यक्ष श्याम ब. गुरुङले समेत एस्ता किसिमका रचनात्मक कामले सामुदायिक बिधालयमा विद्यार्थीको आकर्षण बढ्ने बताए । 

पत्रकार पौडेल पत्रकार महासंघ संखुवासभा जिल्ला कार्यसमिति सदस्य ,प्रेस युनियन संखुवासभा उपाध्यक्ष साथै धर्मदेबि नगरपालिकामा रहेको सामुदायिक रेडियो नयाँ अभियान एफ।एम का स्टेशन मेनेजर रहि कार्यरत रहेका छन्  ।

आफ्नो जिम्मेवारी सबैतिर रहेपनी आफ्नो घर वडा न. ६ मा रहेकाले आफुले सामुदायिक बिधालय सुधार अभियान कार्यक्रम आफ्नै वडाबाट सुरु गरेको र सहयोग सानो भएपनि सन्देश ठूलो दिने उदेश्य रहेको पौडेलले बताएका छन् । आगामी बर्षमा सोही वडाको अन्य एक सामुदायिक बिधालयका विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

अनुग्रह राना मगर १९ जेठ २०८१, शनिबार

सुन्दर कार्य उहाँलाई यसरी नै अरुलाई सहयोग गरेर अगाडि बढी रहने अवसर दिएर दिर्घायु आयु दिरहुन् भगवानले रक्षा गरि राखुन् शुभकामना छ!

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार