गत माघ ६ गते शनिबार संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारको माथिल्लो र तल्लो टारको बीचमा रहेको कछार जंगलमा स्थानीय ६२ बर्षीय दिलकुमारी घिमिरे रुखले किचेर मृत अवस्थामा भेटिएको समाचार आयो । स्थानीय र प्रहरीसँग सोधखोज गरियो, हत्या भन्ने कतैबाट आशंका समेत नभएकाले मृत्यू भन्ने समाचार सम्प्रेषण गरियो । लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएपछि भोली देखि भने शंकास्पद घटना भन्ने खबर आयो, कोशी प्रदेशबाट तालिम प्राप्त कुकुर अनुसन्धानको लागि झिकायो हामीले सोही अनुसार समाचार अपडेट गर्दै गयौं ।
लाशको केही पर रगत लागेको बञ्चरो भेटिनु, मोबाइल र थैली छरप्रष्ट हुनु लगायतका घटनाक्रमले हत्या भएको आशंका उब्जियो । अनुसन्धानको घेरा फराकिलो बनाइनु पर्ने भन्र्दै समाचारहरु अपडेट भइरहे, अन्तत्वगत्व अपराधी प्रहरीको नजरबाट लुक्न सकेन । जंगलमा दाउरा काटन गएकी ति महिलालाई पछयार्दै गएर धरान घर बताउने दिपेन भन्ने आकाश राई जो अरुण तेस्रोमा तुम्लिङटारमा नै काम गर्दै आएका थिए । उनै राई बञ्चरो प्रहार गरि मारेर भागेको खुल्न आयो । प्रहरीले पछयाउर्दै जाँदा ति महिलाले कानमा लगाएको गहना लुटनको लागि नै हत्या गरेको रहस्य खुल्यो । उनले ति गहना धनकुटाको पाख्रीबासमा बेचेर तेह्रथुमका बसन्तपुर तिर लागेका थिए । त्यसपछि पुनः धरान गएको पाइएको छ । माघ ११ गते राई धरानस्थित एक गेष्टहाउसबाट प्रहरीले पक्राउ गरि ल्याई माघ १५ गते खाँदबारीमा सार्वजनिक गरेको हो ।
यो घटनाले प्रहरी प्रशासन र आमसर्वसाधारणहरु माथि सुरक्षा चुनौती थपिएको छ । संखुवासभाको तुम्लिङटार र आसपासका क्षेत्रमा संचालनमा रहेका अरुण तेस्रो, तल्लो अरुण लगायतका प्रोजेक्टमा कार्यरत थुप्रै कामदारहरु छन् । ति कामदारहरु ठेकेदारले काँहाबाट ल्याएका हुन भन्ने केही अत्तोपत्तो छैनन् । त्यसैगरि खाँदबारी–किमाथांका सडक अन्तर्गत थुप्रै कामदारहरु सडकमा काम गरिरहेका छन् । माथिल्लो क्षेत्रमा अरुण तेस्रो र अपर अरुण लगायतका थुप्रै प्रोजेक्टका कामहरु संचालनमा रहेको छ । यसले आममानिसहरुमा सुरक्षा चुनौती थपिएको छ । सम्बन्धित सरोकारवाला निकाय, जनप्रतिनिधी र स्थानीय प्रशासनले जिल्ला बाहिरबाट आएका कामहरुको बारेमा सम्बन्धित कम्पनी जिम्मेवार बन्ने नामावली सहित तथ्याङ्क अपडेट गर्नुपर्छ । कुनैपनि समयमा स्थानीय प्रशासनले मागेको समयमा आफूसँग रहेको कामदारको तीनपुस्ते विवरण उपलब्ध गराउनुपर्ने सहमती गर्नुपर्छ ।
अन्त्यमा, संखुवासभामा समय–समयमा ठूला–ठूला अपराधिक गतिविधीहरु भईरहेका छन् । मादी हत्याकाण्ड देखि तुम्लिङटार हत्याकाण्ड सम्म भइसकेका छन् । त्यसैले संखुवासभाको सुरक्षा चुनौती बढेको आभास हुन्छ । त्यसैले हामी सबैले नचिनेको मानिससँग कुराकानी र गफ गर्ने, घरमा आवातजावात बढाउने र पाहुना आयो भन्र्दैमा बास दिने गर्नुहुदैन् । आफ्नो सुरक्षा आफैले गर्नुपर्छ ।