मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |
मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

मकालु :
मकालु गाउँपालिकाद्धारा २० विश्व किर्तिमानीसहित १ सय ३२ जना सम्मानित

Sankhuwasabhapress 607+ समाचार ( )
२२ पौष २०८०, आइतबार

संखुवासभा । जिल्लाको मकालु गाउँपालिकाले पालिका क्षेत्र भित्रका २० किर्तिमानी सहित १ सय ३२ जनालाई सम्मान गरेको छ । 

नेपाल तथा अन्य मुलुकमा रहेका हिमाल आरोहणका क्रममा किर्तिमानी बनाएका २० जना र मकालुको विकास र समृद्धिमा सहयोग पु-याउने संस्था तथा व्यक्तिलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर दर्जीले बताए । 

पौष १६ गतेबाट गाउँपालिकाको केन्द्र नुममा भएको ‘संस्कृति संरक्षण, पर्यटन प्रवद्र्धन तथा विशेष सम्मान कार्यक्रम एवम् अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता’ को उदघाटन कार्यक्रममा ७३ जनालाई सम्मान गरिएको थियो । 

त्यस्तै बिहिबार समापन समारोहमा ५९ जनालाई सम्मान गरिएको थियो । उद्घाटन समारोहका दिन विदेशी संस्था (एसोशिएशन मनि पर आई एल नेपाल) एक, सोही संस्थामा आबद्ध स्वीस नागरिक दुई, प्लान फर नेपाल संस्था र सो संस्थामा आबद्ध चार जना, पूर्वजनप्रतिनिधि २८ जना, महिला स्वास्थ्य स्वयंमसेविका ३७ जना, कर्मचारी एक जना र कृषक तीन जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

मकालु गाउँपालिकाको विकास र समृद्धिमा टेवा पु¥याउँदै आएका संस्था र व्यक्ति, लामो समयदेखि इमान्दार तथा निष्ठावान कार्य गर्दै आएका पालिकाका कर्मचारी (नर बहादुर तामाङ), उत्कृष्ठ कृषक, पहिलो जननिर्वाचित जनप्रतिनिधिहरु र स्वयंमसेविकाहरुलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दर्जीले बताए । 

मकालु गाउँपालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी, झोलुङ्गे पुल, साना जलविद्युत तथा पुर्वाधार निर्माण र जनताका आय आर्जनमा कृषि र पशुपालनलाई व्यवसायिक बनाउन उत्प्रेरीत गर्न अतुलनीय योगदान गरेको भन्दै प्लान फर नेपाल र एसोशिएशन मनि पर आई एल नेपाल सहित उक्त संस्थामा आबद्ध व्यक्तिहरुलाई सम्मान गरिएको कार्यक्रम संचालक तथा स्वास्थ्य शाखा संयोजक छिङदोर्ची लामाले जानकारी दिए ।

मकालु गाउँपालिका क्षेत्रमा उक्त संस्थाले सुधारिएको चुलो २४ सय, गाई २ सय ३० र ६ ओटा झोलुङ्गे पुल निर्माण गरेको थियो ।

समापन समारोहमा विश्वको ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गर्ने किर्तिमार्नी मिङ्मा शेर्पा (मकालु १), ८ हजार मिटर माथिकै १४ हिमाल दुई पटक सफल किर्तिमानी पर्वतारोही सानु शेर्पा (मकालु १), ८ हजार मिटर माथिकै १४ हिमाल ३० वर्षको कलिलो उमेरमा सफल आरोहण गर्ने किर्तिमानी तथा एकै परिवारका दुई दाजुभाई छाङदावा शेर्पा (मकालु १), १९ वर्षको उमेरमा विना अक्सिजन सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने किर्तिमानी टाँसीलाक्पा शेर्पा (मकालु १), एकै पटक सगरमाथाको सफल आरोहण गर्ने किर्तिमानी मिङ्मादोर्ची र मिङ्मातेन्जिङ शेर्पा (मकालु १), एकै सिजनको १६ दिन भित्र विश्वको पाँचौं अग्लो मकालु हिमाल लगातार ३ पटक सफल आरोहण गर्ने किर्तिमानी लाक्पा शेर्पा (मकालु १), विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा एकै परिवारका चार जना मध्ये पासाङदावा शेर्पा र मरणोपरान्त तेन्जेन शेर्पा लामा, छिजिनुर्वु शेर्पा, फुर्वा शेर्पा (मकालु १), सगरमाथा र विश्वको चौथो अग्लो शिखर ल्होत्से ६ घण्टा १ मिनेटमा सफल आरोहण गर्ने किर्तिमानी (मकालु २), विश्वको दोस्रो अग्लो के टु हिमाल एकै घरका चार जना दाजु भाईले एकै साथ सफल आरोहण गर्ने किर्तिमानी आङदावा शेर्पा, कुक्टु लाक्पा शेर्पा, निमादोर्ची शेर्पा, पेछुम्बे शेर्पा (मकालु २), के टु हिमाल लगत्तैै सगरमाथाको सफल आरोहण गर्ने किर्तिमानी सोना शेर्पा (मकालु २), एकै घरका तीन जना दिदी भाई सगरमाथाको सफल आरोहण गर्ने किर्तिमानी मिङ्मागेलु शेर्पा, लाक्पा शेर्पा, मिङ्माकिपा शेर्पा (मकालु २), के टु हिमालको सफल आरोही निमारिन्जी शेर्पा (मकालु १), पूर्वस्वास्थ्य राज्यमन्त्री तथा संविधानसभा सदस्य तारामान गुरुङ (मकालु २), पूर्वप्रदेशसभा सदस्य पूर्णप्रसाद राई (मकालु ३), पुर्व मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेल, पूर्व मकालु गाउँपालिका अध्यक्ष स्व. खड्गबहादुर कटुवाल (मकालु ५) मरणोपरान्त), पूर्वउपाध्यक्ष चमेली राई (मकालु ३), डा.इन्द्रमणि राई (मकालु ५), डा. बलबहादुर परजुली (मकालु ३), साहित्यकार ताराबहादुर बुढाथोकी लगायतलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको मकालु गाउँपालिका अध्यक्ष ओङ्दी शेर्पाले बताए । 

सम्मान कार्यक्रममा बोल्दै मिङमा शेर्पाले भने—‘सानो छँदा विश्व किर्तिमानी सुनेको तर नेपाल भित्र पर्यटनका सन्दर्भमा सोलुखुम्बु जिल्ला तिर मात्रै किर्तिमानी राख्ने चलन रहेको थियो । तर संखुवासभाबाट विश्व किर्तिमानी राख्ने चलन आफुबाट सुरु भएको र अहिले यति धेरै किर्तिमान राख्नेहरु देख्दा खुशी लागेको छ ।’

उक्त कार्यक्रमसँगै विभिन्न जातजातिको झाँकीसमेत प्रस्तुत गरिएको थियो । यस्तै सिंहेश्वरी माध्यमिक विद्यालयका स्काउटका विद्यार्थीहरुले अतिथिहरुलाई सलामी अर्पण गरेका थिए ।

समापन समारोहमा पूर्वराज्यमन्त्री तथा संघीय सांसद दिपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै खड्काले कोशी राजमार्ग अन्तर्गत खाँदबारी नुम सडकखण्डको ठेक्का तोडेर भारतीय कम्पनी सतलजलाई दिने निर्णय पक्कापक्की भईसकेको बताए । सतलजले अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

समापन समारोहको साँझ राष्ट्रिय ख्यातिप्रप्त कलाकार मिलन नेवार, स्थानीय कलाकार कुवेर खम्बु, धिरज जैरु लगायतले प्रस्तुती राखेका थिए । अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी भोजपुरको षडानन्द नगरपालिकाले जिते । कार्यक्रम द नर्थ वरुण युथ क्लवले आयोजना गरेको थियो भने मुख्य प्रायोजन मकालु गाउँपालिकाले गरेको हो ।

प्रतिक्रिया

Gyanvikram Yamphu २३ पौष २०८०, सोमबार

शिक्षा विज्ञान प्रविधि खेलकुद क्षेत्रमा विशेष योगदान दिने व्यक्ति तथा वाटर कलर चित्रमा राष्ट्रिय स्तरीय प्रतियोगितामा प्रथम हुने मकालु 5 का दल बहादुर याम्फु डि बी याम्फु, मकालु 2 का साफ गेममा कराँतेमा तृतीय स्थान हासिल गर्ने जयप्रकाश याम्फुराई, नेपालको सब भन्दा बढी सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पा चित्रकला काठको मूर्तीकलामा प्रविण विकास याम्फु राई मकालु 3 को माटोको मूर्तिकला शिल्पी सुन्दर याम्फु छुटेको देखिन्छ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार