मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

तालिम :
सखुवासभाका पत्रकारहरुलाई तीन दिने क्षमता विकास तालिम शुरु

Sankhuwasabhapress 607+ समाचार ( )
१ असार २०८२, आइतबार

संखुवासभा । जिल्लाका पत्रकारहरुलाई तीन दिने क्षमता विकास तालिम शुरु भएको छ । 

कोशी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा पत्रकार महासंघ संखुवासभा शाखाको आयोजनामा ‘मोबाइल जर्नालिजम र एआईको प्रयोग सम्बन्धी पत्रकारहरूको लागि क्षमता अभिबृद्वि तालिम’ कार्यक्रम शुरू भएको हो । 

तालिमको आइतबार एक कार्यक्रम बीच उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले डिजिटल युगमा सञ्चारकर्मीहरू अझ उत्तरदायी, सक्षम र प्रविधिसम्पन्न बन्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता तालिमहरूले पत्रकारिताको गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले जमना अनुसार संचारकर्मीहरु प्रविधीमैत्री बन्नुपर्ने जोड दिदैं सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

त्यसैगरि कार्यक्रमका खाँदबारी नगरपालिका मेयर महेश थपलियाले प्रविधीमैत्री सक्षम पत्रकार बन्नुपर्नेमा जोड दिए । उनले देशविदेशका लुकेका खोजमुलक समाचारहरु सम्प्रेषण गर्नमा जोेड दिए ।

त्यसैगरि संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेल, संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले सहि सूचना जनतालाई दिनुपर्नेमा जोड दिए । त्यसैगरि नेपाल प्रेस यूनियनका केन्द्रीय उपाध्यक्ष तथा एपीवान टेलिभिजनका प्रधानसम्पादक दिपेन्द्र वान्तवा र विकास कार्कीले लोकतन्त्रको संरक्षण गर्न प्रेस स्वतन्त्रता अभिब्यक्तिमा जोड दिएका थिए । 

उक्त तीन दिने तालिममा मोबाइल पत्रकारिता (मोजो) र एआईको प्रयोग लगायतका विविध पक्षमा व्यवहारिक प्रशिक्षण दिइनेछ । सहभागीहरूलाई भिडियो सम्पादन, ध्वनि र फोटो सम्पादन, ग्राफिक्स डिजाइन, क्यामेरा सञ्चालन, भिजुअल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा सामग्री व्यवस्थापन लगायतका विषयमा व्यवहारिक अभ्यास गराइने छ । विशेष रूपमा मोबाइल उपकरण प्रयोग गरी समाचार संकलन र सम्प्रेषण गर्ने सीप अभिवृद्धि तालिमको केन्द्रविन्दु हो ।

 डिजिटल युगसँग तालमेल गर्दै पत्रकारिताको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले बताए । उनले पत्रकारहरु प्रविधीसँग अभ्यास्त बनाउन तालिमको आयोजना गरिएको बताए ।

उक्त तालिममा प्रशिक्षक विकास कार्की र दिपेन्द्र वान्तवनाले सहजीकरण गर्ने छन् । तालिम मंगलबार समापन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार