मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |
मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ संखुवासभा
विश्व आदिवासी दिवसका अवसरमा खाँदबारीमा बिचार गोष्ठी तथा चियापान कार्यक्रमको आयोजना

Sankhuwasabhapress 628+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

संखुवासभा । ३० औं विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजातिको हकअधिकारका सवालमा विचार गोष्ठी तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार खाँदबारीमा नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ संखुवासभाले राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजबाद, आदिबासी जनजाति एकता भन्ने मुलनाराका साथ विश्व आदिवासी दिवस मनाइएको हो । ९ अगष्टका दिन विश्वभरका आदिवासी जनजाति समुदायले यो दिवस मनाउने गर्दछन् । लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ संखुवासभाका सभापति बरुणकुमार गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथीका रुपमा नेपाली काँग्रेसका कार्यबाहक सभापति अनन्तकुमार गौली रहेका थिए भने कार्यक्रम काँग्रेसका नेता विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग बस्नेतले आदिवासी जनजातिहरुको हकअधिकारका सवालमा स्थानीय सरकारहरु प्रतिवद्ध रहनुपर्ने बताएका थिइन् । स्थानीय आदिबासी जनजातिको भाषा संस्कार संस्कृति र पुस्तान्तरणको सवालमा स्थानीय जनप्रतिनिधीहरुले पालिका सरकारले नीति निर्माणको चरणबाटै उचित ध्यान पु¥याउन जरुरी रहेको उनले बताईन् । 


कार्यक्रममा खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले संखुवासभाका १० पालिका मध्ये ९ वटा पालिकामा आदिबासी जनजातिको नेतृत्व रहेको बताउँदै स्थानीय सरकारले आदिबासी जनजाति लगायत सबै जात भाषा र धर्मको संरक्षण र सम्बर्धनमा बिशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिएका थिए । खाँदबारी नगरपालिका भित्रका आदिबासी जनजाति समुदायलाई समेटने गरि विभिन्न कार्यक्रमहरुमा सहयोग गरिरहेको मेयर थपलियाले बताए । 

कार्यक्रममा नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य बिकास राईले बिभिन्न जात भाषा धर्म संस्कार संस्कृति बिचको पारस्पारिक एकता र भावनात्मक सम्वन्धले मात्र दिगो बिकास र संम्बृद्धिको लक्ष्य हासिल गर्न सकिने धारणा राखेका थिए । कार्यक्रममा कांग्रेस नेता शेरबहादुर बनले आदिबासी जनजातिको हकअधिकार स्थापित गर्न नेपाली कांग्रेसले महत्वपुर्ण भुमिका खेलेको बताउँदै सबै जात भाषा र धर्मको संरक्षण हुनुपर्ने धारणा राखेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका कार्यबाहक सभापति अनन्तकुमार गौलीले सर्वमान्य नेता गणेशमान सिंह, सूर्यमान गुरुङ, भीमबहादुर तामाङ लगायतले पु¥याएको योगदानको स्मरण गर्दै कांग्रेसका तर्फबाट अधिकांश जनप्रतिनिधीहरु स्थानीय सरकारमा निर्वाचित हुन सफल भएको धारणा राखेका थिए । लोकतन्त्र प्राप्तिका लागि आदिबासी जनजाति समुदायले गरेको त्याग र समर्पणले अहिले लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्न सफल भएको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथी गौलीले सबै जाति भाषा धर्म संस्कार संस्कृति बिचको पारस्पारिक सम्वन्ध र एकताको भावनाले नै नेपाल र नेपालीलाई एक सुत्रमा बाँधिरहेकाले जातिय, भाषिक र धार्मिक सहिष्णुहता थप बलियो बनाउन आवश्यक भएकोमा जोड दिएका थिए । 


नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघका सचिव चिरन याख्खाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष लक्ष्मीकुमार लिम्बूले राखेका थिए । समापन मन्तब्य राख्दै कार्यक्रमका सभापति तथा नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाका अध्यक्ष बरुणकुमार गुरुङले आदिबासी जनजातिको हक अधिकारका सवालमा नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघले संधै आवाज उठाईरहने प्रतिवद्धता जनाएका थिए । 

उक्त दिवसका अवसरमा नेपाली कांग्रेसका विभिन्न केन्द्रीय समितिहरुमा मनोनित हुनेहरुलाई बधाई तथा सम्मान समेत गरिएको थियो । कार्यक्रमका कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले शुभकामना मन्तब्य पठाएको कार्यक्रम संचालकले वाचन गरेर सुनाएका थिए । 



प्रतिक्रिया

प्रेस समचार २६ श्रावण २०८१, शनिबार

संखुवासभा प्रेसलाई धन्यवाद छ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार