मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

मादी नगरपालिका :
मादीमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुर्दै

Sankhuwasabhapress 628+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

“पृथक पहिचान, मादी नगरपालिकाको शान” भन्ने मूलनाराका साथ एक लाख रुपैया धनराशीको “तेस्रो मादी राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना हुने भएको हो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिइएको हो । प्रतियोगिता आगामी चैत्र ९ देखि ११ गतेसम्म मादी नगरको कवर्डहलमा हुने भएको आयोजक मादी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा ब्याडमिन्टनका चार इभेन्ट समावेश गरिएको छ । 

 मादी नगरपालिकालाई भौतिक पूर्वाधार विकाससँगै खेलकुद र खेल पर्यटनलाई पनि सँग–सँगै जोड्नको लागि मादी नगरपालिकाको १३ औं नगरसभाले आव २०८०–०८१ को १० लाख रुपैया वजेट विनियोजन गरी यो प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्न लागिएको नगर प्रमुख जीवन लिङथेपले बताए । 

खेलकुद क्षेत्रलाई समावेशी र लैंगिकमैत्री हुनुपर्छ भन्ने मादी नगरको विश्वास र मान्यता अनुरुप यो संस्करणमा पनि महिला डवल विधालाई निरन्तरता दिँदै मादी नगरलाई राष्टिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा खेल पदाधिकारीसँग मादीलाई जोड्न यो प्रतियोगिता आयोजना गरिएको मादी नगरका खेल संयोजक लक्ष्मण लिङ्थेपले बताए । उनले सम्पूर्ण व्याडमिन्टन खेलप्रेमी महानुभावहरुलाई मादी नगरमा निमन्त्रणा गरिएको बताए ।

प्रतियोगिताबाट सबैभन्दा वढी पुरुष डवल इभेन्टमा प्रथम पुरस्कार १ लाख रुपैया तोकिएको छ । मुख्यतः टाढा–टाढाबाट आउने खेलाडीको सहजताको लागि प्रतिदिन प्रति खेलाडी ८ सयको दरले भत्ता उपलब्ध गराइनेछ । 

प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गरी प्रतियोगितालाई कोशी प्रदेशकै उत्कृष्ट बनाउन सबै पक्षको रचनात्मक सहयोगको अपेक्षा गरिएको मादी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार