मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

भोटखोलाको सामुदायिक स्वास्थ्य इकाइको झ्याल फोडेर सामान चोरी र तोडफोड

Sankhuwasabhapress 607+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–२ स्थित हुङहुङमा रहेको हुङहुङ सामुदायिक स्वास्थ्य इकाइको झ्याल फोडेर सामान चोरी र तोडफोड भएको छ ।

गयराती सामुदायिक स्वास्थ्य इकाइ भवनको पछाडी पट्टि रहेको झ्याल फोडेर कार्यालय भित्र रहेको टेलिभिजन, इन्टरनेटको राउटर, इलेट्रिक जग, राइसकुकर र स्वास्थ्यकर्मीका अन्य उपकरणहरु फुटाउने र केही चोरी गरेर लगेको पाइएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फूर्पू भोटेले बताए । घर भित्र दुई वटा जुत्ता समेत भेटिएकोले चोरीमा संलग्न दुई रहेको अनुमान गरिएको उनको भनाइ छ ।

रातको समयमा कार्यालय भित्र झ्याल फोडेर पसि तोडफोड गर्नु र चोरी गर्ने काम भएको हो । घटनास्थलमा प्रहरी टोली पुगी प्रारम्भिक अध्ययन र अनुसन्धान गरिरहेको स्वास्थ्य शाखा प्रमुख भोटेको भनाइ छ । घटनाको सरसर्ती विवरण हेर्दा ६० हजार रुपैया भन्दा बढिको क्षति र चोरी भएको देखिएको तर विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

केही बर्षअघि भोटखोला गाउँपालिकाको केन्द्रमा समेत आगजनी भएको थियो । तर, रातको समयमा कसले आगो लगाएको भनेर पहिचान समेत नभई त्यो केस त्यतिकै सकिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार