मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |
मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

सम्पादकीय :
गणतन्त्र दिवश २०८२ को सम्पूर्णमा शुभकामना ।

Sankhuwasabhapress 628+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

मुलुकमा विभिन्न कालखण्डमा ठूला–ठूला राजनैतिक परिवर्तनहरु भए । राणा र शाहको एकछत्र राज यही मुलुकले भोग्यो । समयसँगै २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपाली जनताहरुले केही खुकुलो र राहत महसुस गरे । त्योसँगै २०१५ सालमा जनताको छोरा पहिलो प्रधानमन्त्री बन्ने सुनौलो अवसर प्राप्त गरे—विपी कोइरालाले । 

समय जहिल्यै पनि परिवर्तनशील छ । समयसँगै २०३६ सालको जनमत संग्रह र २०४६ सालको बहुदल प्राप्तीको लागि संघर्ष र आन्दोलन । जब पञ्चे र मण्डलेहरुलाई पछि नेपालमा २०४६ सालमा बहुदल प्राप्त भयो । त्यसपछि भने जनताहरुले खुल्ला रुपमा बोल्न पाउने थाले, लेख्न पाउन थाले । यसरी नागरिकहरुले आफ्नो हकअधिकार र बोल्ने पाउने स्वतन्त्रता बढदै गयो । त्यसपछि २०४७ साल संविधान जारी भयो, सो संविधानले धेरै कुराहरु दिएपछि नागरिकहरु असन्तुष्टि रहयो । त्यसपछि पुनः २०५१ साल फागुन १ गते देखि नेकपा माओबादी केन्द्रले औपचारिक रुपमा भूमिगत हुदैं आन्दोलनको शंखघोष गरे । करिब एकदशक नेपाल सशस्त्र गृहयुद्धमा फस्यो । १७ हजार सशस्त्र विद्रोही र सेना लगायत सर्वसाधारणहरुले अकालमा ज्यान गुमाउन प¥यो । त्यसपछि २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच विस्तृत शान्ति संम्झौतामा हस्ताक्षार भयो । समयक्रमसँगै यसरी २०६३ सालको निर्वाचन पछि प्रचण्ड प्रधानमन्त्री र संसदले नेपाललाई लोकतान्त्रिक गणतन्त्र मुलुक भनेर घोषणा ग¥यो । आज हामी लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १७ बर्ष पूरा भई १८ औं बर्षमा प्रवेश गरि धुमधामका साथ देशभर विभिन्न कार्यक्रमहरु आयोजान गरि मनाइरहेका छौं ।

हो—आज अर्थात जेठ १५ गते आजैको मितिमा २०६४ सालमा नेपाल लोकतान्त्रिक गणतान्त्रिक मुलुक भनेर घोषणा गरिएको थियो । सोही दिनलाई सम्झदै देशभर हर्षौउल्लासका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरि गणतन्त्र दिवश मनाइरहेका छौ । १८ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना छ । देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना दिदैं हामी नेपालीहरुलाई गणतन्त्रले धेरै चीज भएको छ भन्ने अनुभूति गर्नुपर्छ, सकारात्मक सोचको विकास गर्नुपर्छ, केही दिएन होइन–धेरै दिएको छ भन्ने सकारात्मक पाटोबाट खोजी र वकालत गर्नुपर्छ ।

आमनागरिक र जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको हो । तर, यहाँ गणतन्त्रले केही दिएन भन्ने रोइलोहरु सुनिन्छ । ति सबै कुराहरु सत्य होइनन्, आज ‘वाक स्वतन्त्रता, ’ कसले दियो भन्ने कुराहरु हामीले बिर्सनु हुदैन । हिजोको धरातले टेकेर आज हामी अगाडी बढ्नुपर्छ । हामीले बिर्सन नहुने कुरो नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै समाजवादोन्मुख आर्थिक प्रणाली निर्माण गर्न यहि गणतन्त्रको उपहार हो भन्नु कुरा बिर्सन हुदैन ।

यो ऐतिहासिक १८ औं गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछौ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार