मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी –३
मानेभञ्जाङ्गका महेन्द्र माध्यमिक विद्यालयले मनायो ७२ औं बार्षिकोत्सव

Sankhuwasabhapress 628+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–३ स्थीत रहेको महेन्द्र माध्यमिक बिद्यालयले बिबिध कार्यक्रमका साथ ७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

मंगलबार स्थापना दिवसको अवसरमा बिद्यालयले समापन कार्यक्रमको आयोजना भएको थियो । विद्यालयले आफ्नो स्थापना दिवश विभित कार्यक्रमको साथ आइतबार देखि मनाउन शुरु गरेको थियो । बुधबार एक समारोह बीच पुर्व प्रधानाध्यापक, पुर्व बिद्यार्थी, जग्गादाता, चन्दादाता र अक्षयकोष दाताहरुलाई सम्मान गरेको हो ।

७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम समापन समारोहका प्रमुख अतिथी कोशी प्रदेशका सांसद तथा पुर्वमन्त्री राजेन्द्र कार्कीले महेन्द्र माध्यमिक बिद्यालयले जिल्लाको शैक्षिक उन्नयन र खेलकुदको बिकासका लागि गरेको योगदान अतुलनिय रहेको भन्दै शैक्षिक गुणस्तरमा पनि बिद्यालयको स्थीति उत्कृष्ट रहेको धारणा राखेका थिए ।

कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रमुख बिभिन्न बिद्यालयका प्रधानअध्यापक, प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्का लगायत शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी र संचारकर्मीहरुको उल्लेख्य उपस्थीति रहेको थियो । बिद्यार्थी, अभिभावक र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थीति रहेको कार्यक्रममा बरिष्ठ साहित्यकार, लेखक संगितकार बुलु मुकारुङ्ग लगायतको उपस्थीति रहेको उक्त कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जित बहादुर घिमिरेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन बिद्यालयका प्रधानाअध्यापक मेदीनी घिमिरेले गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा बिद्यार्थीहरुले तयार गरेको हस्तकला, स्थानीय कृषी उपजबाट कुँदिएका बिभिन्न कलाकृति र बिज्ञान प्रयोगशालाका सामग्रीहरु प्रदर्शन गरिएको थियो ।

७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा बिद्यालयले आयोजना गरेको खेलकुद, बादबिबाद प्रतियोगिता, तथा साँस्कृतिक कार्यक्रमका बिजेताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रद्धारा सम्मान समेत गरिएको थियो । यो विद्यालय २००९ सालमा स्थापना भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार