मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

राष्ट्रपति रनिङ शिल्ड :
खाँदबारी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमावि बने प्रथम

Sankhuwasabhapress 628+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमालय माध्यमिक विद्यालय खाँदबारी प्रथम बनेको छ ।

हिमालय मावि खाँदबारीले २७ स्वर्ण, १२ रजत र १३ काँस्य पदक सहित प्रथम बनेको हो । त्यसैगरि उपविजेता मनकामना रत्नअम्बिका मावि तुम्लिङटारले १५ स्वर्ण, १६ रजत र १२ कास्य पदकमा चित्त बुझाए । त्यसैगरि सूर्य आवासीय मावि खाँदबारीले ९ स्वर्ण, ६ रजत र १३ कास्य पदक हात पार्दै तेस्रो स्थानमा प्राप्त गरेको खाँदबारी नगरपालिकाका शिक्षा शाखाका कर्मचारी हिम भट्टराईले जानकारी दिए । 

खाँदबारी नगरपालिकाभित्रका १९ वटा सामुदायिक र संस्थागत विद्यालयमध्ये १८ वटा विद्यालयले प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतियोगिताका प्रथम विजेताले नगद ५० हजार, टर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेताल् नगद ३० हजार, टर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरि तेस्रोले नगद २० हजार, टर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गरेको भट्टराईले बताए । 

प्रतियोगितामा उपाधी प्राप्त नगरि सहभागीता मात्रै जनाउने विद्यालयलाई सामुदायिक तर्फ २० हजार र संस्थागत विद्यालयलाई १० हजार रुपैया प्रदान गरिने नगरपालिकाले जनाएको छ । 

माघ २५ गते शुक्रबार देखि खाँदबारी रंगशालामा सुरु भएको खाँदबारी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबार समापन भएको हो । प्रतियोगितामा भलिवल, एथ्लेटिक्स, कवडडी र मार्सल आर्ट गरि चार वटा विधामा प्रतियोगिता गराइएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार