मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#मकालु गाउँपालिका
संखुवासभाको १० वटा स्थानीय तह मध्ये लिजामा मकालु गाउँपालिका प्रथम

Sankhuwasabhapress 628+ समाचार ( )
८ भाद्र २०८१, शनिबार

संखुवासभा । जिल्लाको १० वटा स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमुल्याङकन (लिजा)मा मकालु गाउँपालिका प्रथम भएको छ ।

गत आर्थिक बर्ष २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गणुस्तर परीक्षण पश्चातको अन्तिम नतिजा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँ ६ भदौ विहिबार सार्वजनिक गरेको हो । सो अन्तिम नतिजा अनुसार केही बर्षअघि ७५३  स्थानीय तहमध्ये अन्तिम भएको मकालु गाउँपालिका जिल्लास्तरमा प्रथम भएर इतिहास रचेका छन् । सो नतिजा अनुसार १० वटा पालिकामध्ये पाँचखपन नगरपालिका अन्तिम बनेको छ । 

लिजाको नतिजा अनुसार १०० अंकमा मकालु गाउँपालिकाले ७३.५० अंक प्राप्त गर्दै जिल्लाको १० वटा स्थानीय तहमा प्रथम बनेको हो । त्यसैगरि जिल्ला सदरमुकाम रहेको खाँदबारी नगरपालिका १० वटा स्थानीय तहमा दोस्रो बनेको छ भने नगरपालिका तर्फ पहिलो बनेको छ । खाँदबारी नगरपालिकाले ७३ अंक प्राप्त गरेका छन् । 

त्यसैगरि सभापोखरी गाउँपालिकाले ७२.७५ अंक प्राप्त गर्दै तेस्रो बनेको छ भने चैनपुर नगरपालिका ६५.५० अंक प्राप्त गर्दै चौथो बनेको छ । त्यसैगरि भोटखोला गाउँपालिकाले ६४.७५ अंक प्राप्त गर्दै पाँचौ बनेको छ भने मादी नगरपालिकाले ६४.५० अंक प्राप्त गरी छैटो बनेको छ । त्यसैगरि सिलिचो गाउँपालिका ६३.७५ अंक प्राप्त गरि सातौं बनेको छ भने धर्मदेवी नगरपालिकाले ६२ अंक प्राप्त गरि आठौं स्थानमा पुगेको छ । त्यसैगरि चिचिला गाउँपालिका ५१.५० अंक प्राप्त नवौं भनेको छ भने पाँचखपन नगरपालिका जिल्लाको अन्तिम दशौं स्थानमा पुगेको छ । 

आफ्नो संस्थाको स्वमुल्याङकन गर्दा १० वटा विषयक्षेत्रहरुको अंकभार जोड्दा १०० पुग्नुपर्ने हुन्छ । विभिन्न १० वटा सुचकको आधारमा अंक प्रदान गर्ने गरिन्छ । जसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना ब्यबस्थापन, बित्तिय एंव आर्थिक ब्यबस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद ब्यबस्थापन र सहकार्य र समन्वय लगायतका शिर्षकहरु राखिएको हुन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरुको जानकारी लिन, आवधिक समिक्षाका लागि आधार प्राप्त गर्न स्वमुल्याङकन गराउँदै आएको छ । 

स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकनको समन्वयात्मक भूमिका जिल्ला समन्वय समितिले निर्वाह गर्ने गर्दछ । स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमुल्याङकनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० प्रतशितभन्दा कम अंक ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतशित अंक ल्याउनेलाई कमजोर, ६० देखि ८० प्रतशित अंक ल्याउनेलाई राम्रो, ८० प्रतिशमाथि अंक ल्याउनेलाई उत्कृष्ट स्थानीय तहका रुपमा वर्गीकरण गर्ने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार