मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

जेठ १३ गतेदेखि १७ गते सम्म
स्वास्थ्य कार्यालय संखुवासभाद्धारा आइपिभी खोपबारे अभिमुखीकरण गोष्ठी

Sankhuwasabhapress 607+ समाचार ( )
७ जेठ २०८१, सोमबार

संखुवासभा । स्वास्थ्य कार्यालय संखुवासभाले आइपिभी खोपबारे अभिमुखीकरण गोष्ठीको आयोजना गरेको छ ।

 शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला खोप समन्वय समितिका पदाधिकारी र संचारकर्मीहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण गोष्ठीको आयोजना गरेको हो ।  यहि जेठ १३ गतेदेखि १७ गते सम्म आइभिपी अर्थात पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको र यसको प्रभावकारित बढाउन गोष्ठीको आयोजना गरिएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोषण श्रेष्ठले बताए । उनले यसअघि खोप लगाउन छुटेका बालबालिकाहरुले समेत यो अभियानमा खोप लगाउन पाउने स्पष्ट पारे । 

कार्यक्रममा खोपका बारेमा स्वास्थ्य कार्यालय संखुवासभाका जनस्वास्थ्य अधिकृत पशुपति खनालले प्रस्तुतीकरण गरेका थिए । 

स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख नारदमुनी सुवेदीले सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान मार्फत २०७३ देखि ०७५ सालसम्म खोप लागाउन छुटेका बालबालिकालाई खोप लागाउन लागिएको बताए । उनले आइपिभी खोपबाट कोही पनि बालबालिका नछुटन भन्ने हाम्रो अपिल रहेको बताए । 

जिल्लाका ३ सय १३ वटा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय संखुवासभाको भनाइ छ । जिल्लाको १० वटा स्थानीय २ सय ७४ विद्यालय र ३९ वटा स्वास्थ्य केन्द्रमा खोप केन्द्र रहेका छन् । खोप अभियानका लागि ३ सय १३ खोप कार्यकर्ता, ६ सय २६ स्वयंसेवक र ९६ जना स्थानीय सुपरिवेक्षक परिचालन गरिने छ । जिल्लामा ७ हजार ४ सय ५७ जना बालबालिका आईपीभी खोप लगाउन छुटेको स्वास्थ्य कार्यालयका प्रवक्ता श्रेष्ठले बताए । सबै भन्दा धेरै खाँदबारी नगरपालिकामा २ हजार ९९ जना बालबालिका खोप लगाउन छुटेका हुन् । 

खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले सबै नागरिकहरुले आफना बालबालिकाहरुलाई समयमा नै खोप लगाई विभिन्न रोग लाग्न सक्ने खतराबाट बचाउन अनुरोध गरे । खोपले धेरै वटा रोग विरुद्ध काम गर्ने भएकाले सचेत सबैलाई आग्रह गरे । 

खोप अभियानमा छुटेका सबै बालबालिकालाई खोप लगाउन जिल्ला समन्यवय समिति प्रमुख तथा खोप समन्वय समिति प्रमखु सुमन शाक्ले अनुरोध गरे । खोप अभियान कार्यक्रम सरकारको प्राथमिकताको कार्यक्रम भएकाले यस अभियानलाई प्रभावकारी बनाउनु सबैको दायित्व रहेको प्रमुख शाक्यले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार