मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

नेवि संघ :
नेवि संघ संखुवासभाले सरसफाई र स्थानीय तहलाई ज्ञापनपत्र बुझाउँदै ५५ औं स्थापना दिवश मनाए

Sankhuwasabhapress 628+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

संखुवासभा । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ( नेवि संघ) संखुवासभाले सरसफाई र स्थानीय तहलाई ज्ञापनपत्र बुझाउँदै आफनो ५५ औं स्थापना दिवश मनाएका छन् ।

विहीबार स्थापना दिवशको अवसरमा नेवि संघ संखुवासभाले सदरमुकाम खाँदबारीको टुडीखेल बजारको सरसफाई अभियान संचालन गरेका थिए । उनीहरुले टुडीखेल बजार क्षेत्र र आसपासका फोहोरमैला सरसफाई अभियान संचालन गरेका थिए भने दिउँसो खाँदबारी नगरपालिका र चिचिला गाउँपालिकामा निःशुल्क शिक्षा लगायतको माग गर्दै १८ बुदेँ माग राखेर ज्ञापनपत्र बुझाएका थिए । 

विहीबार बेलुकी साँझमा खाँदबारीको पोखरीबजारमा दिपप्रज्वलन कार्यक्रम रहेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विकास राईले बताए । उनले विहानभर बजार क्षेत्र सरसफाई गरिएको र दिउँसो ज्ञापनपत्र बुझाएको र बेलुकी दिपप्रज्वलन गर्ने कार्यक्रम रहेको बताए । 

विहीबार विहान टुडीखेल बजार सरसफाई कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेश समितिका उपसभापति टंकप्रसाद राई, कांग्रेसका कार्यवहाक सभापति अन्नतकुमार गौली, प्रदेश सदस्य राजेन्द्र घले, काँग्रेसका निवर्तमान सभापति दिपनकुमार श्रेष्ठ, खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, जिल्ला सचिव टकमान घले, काँग्रेस नेता शेरबहादुर वन, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विकास राई, आदीबासी जनजाति लोकतान्त्रिक महासंघका जिल्ला अध्यक्ष बरुणकुमार गुरुङ, झलकमान तामाङ, नेवि संघका निवर्तमान जिल्ला अध्यक्ष चक्र गुरुङ, नेता लिला दाहाल लगायतका काँग्रेस नेताहरुको समेत उपस्थिती रहेको थियो । नेवि संघका कार्यवहाक अध्यक्ष बादल राईको अध्यक्षतामा भएको कार्यक्रम सलिन गुरुङ (हिमाल)ले कार्यक्रम संचालन गरेका थिए । 

आजै दिउँसो खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनूर्बु शेर्पालाई १८ बुदेँ माग राख्र्दै ज्ञापनपत्र बुझाएका थिए । नेवि संघले कक्षा १ देखि माध्यमिक तहसम्म पूर्ण रुपमा निःशुल्क शिक्षा हुनुपर्ने, सार्वजनिक र निजी विद्यालयमा पाठयक्रममा एकरुपता हुुनपर्ने र नेपाली माटो सुहाउँदो ब्यवहारिक शिक्षा प्रणाली लागु हुनुपर्ने लगायतका माग राखेर ज्ञापनपत्र बुझाएका हुन् । 

नेपाल विद्यार्थी संघको स्थापना २०२७ सालमा आज कै दिन जेलभित्र स्थापना भएको हो । हरेक आन्दोलनको अग्र मोर्चामा रहि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै निरंकुश, तानाशाही व्यवस्थाको विरुद्ध नेपाल विद्यार्थी संघका विद्यार्थी योद्धाहरुले ज्यानको बलिदान दिएको कुरा इतिहासले बताउनले गरेको काँग्रेस नेताहरु बताउँछन् । 

कार्यक्रममा नेवि संघमा आवद्ध विद्यार्थी, पदाधिकारी र काँग्रेस नेताहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार